दोलखाको पहिरोमा बेपत्ता २ जना अझै भेटिएनन् ,घाइतेहरुको उपचार सरकारले निशुल्क गर्ने

चरीकोट, साउन २४ गते
गएको साउन १८ गते राति दोलखाको गौरीशंकर गाउँपालिका ७ टोपाटारको पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएका छैनन् । पहिरो गएको ४ दिन बितिसक्दा पनि पहिरोमा बेपत्ता अझै भेटिएका छैनन् ।
गत साउन १८ गते बिहिबार साँझ गएको पहिरोमा परी ५ जना बेपत्ता भएका थिए भने ३ जना घाइते भएका थिए । बेपत्ता भएका ५ जना मध्ये अन्दाजी ५९ वर्षिय देवमाया मगर र १४ महिनाका नाबालक १४ महिनाका प्रिन्स थामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले बताउनुभयो ।
पहिरो गएको भोलिपल्ट शुक्रबार नाबालक थामीको शव र बेलुका मगरको शव फेला परेको थियो । पहिरोमा परि परी गम्भीर घाईते भएका २ जनालाइ उपचारका लागी हेलिकप्टर मार्फत राजधानी काठमाडौ लागिएको थियो भने १ जनालाई एम्बुलेन्स मार्फत उपचार लागी काठमाडौ लगिएको थियो ।
उपचारका लागी राजधानी काठमाडौ लगिएका अन्दाजी ५० वर्षिय यज्ञ बहादुर थामीको त्रिवि शिक्षण अस्पतालमा र उहाँकी श्रीमती अन्दाजी ३९ वर्षीय धनमाया थामी र उहँकी बुहारी करिब २२ वर्षिय सिता थामीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पहिरोमा परेर स्थानीय कृष्णबहादुर मगर, उहाँकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ बेपत्ता भएका थिए । बेपत्ता भएका मध्य १४ महिनाका बालक प्रिन्स थामीको र अन्दाजी ४० वर्षी देवी माया मगरको शव फेला परेको प्रहरिले जनाएको छ । पहिरोमा परि घाईतेहरुको सरकारले निशुल्क उपचार गर्ने भएको छ । त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत तीनै जनाको निशुलक उपचारको व्यवस्था मिलाउन गृह मन्त्रालयले दुबै अस्पताललाई पत्र लेखेको छ । पहिरोमा घाइतेहरु अल्पसङ्ख्यक,थामी समुदाय आदिबासी जनजाती,विपन्न परिवारको भएकाले निशुल्क उपचारको ब्यवस्था मिलाईदिनहुन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेकोले निशुल्क उपचार गरिदिन हुन र निशुल्क हुन नसक्ने उपचारको बिल भुत्तानी मन्त्रालय पठाउन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।
नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहितको सुरक्षा फौज र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Back to top button