काठको पोल विस्थापन र चोरी नियन्त्रण अभियानमा दोलखा वितरण केन्द्र

चरीकोट,साउन २२ गते
नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले ग्राहकहरुलाई गुणस्तरीय सेवासँगै चुहावट नियन्त्रण र काठको पोल विस्थापनको कामलाई तीब्रता दिएको छ।
ग्राहकहरुको सुविधामा ध्यानमा राख्दै विद्युतीय जोखिम कम गर्न आर्थिक वर्ष ०७९ /०८० मा ७ सय काठका पोल हटाइएको दोलखा वितरण केन्द्रले जनाएको छ । विद्युत सेवा भरपर्दो र गुणस्तरीय बनाउन पुराना जीर्ण र काठका पोलमुक्त बनाउने अभियानलाइ तिब्रता दिइएको वितरण केन्द्र दोलखाका प्रमुख मेघनाथ ढकालले बताउनुभयो ।

जिल्लाभरको काठका पोल विस्थापित गरी सोही ठाउँमा नयाँ फलामे पोल प्रतिस्थापन गर्ने काम गरेको हो ।हाई भौल्टेज लाइन भएका पोलहरुको सुधार गरिएको वितरण केन्द्रले जनाएको छ । एक वर्षमा थप १ हजार ३ सय ४६ घरधुरीमा विद्युतीकरण गरिएको ढकालले बताउनुभयो । नयाँ विद्युतीकरण भएका अधिकांश घर जिल्लाको बिगु र गौरीशंकर गाउँपालिकाका रहेका छन । वितरण केन्द्रले जिल्लाका विभिन्न ठाँउमा ११ वटा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ भने ११ वटा ट्रान्सफर्मरको क्षमता वृद्वि गरिएको उहाँले बताउनुभयो । जिल्लामा विभिन्न जोखिमयुत्त क्षेत्रमा करिब २४ किलोमिटर एबिसि केबल तार ९कालो तार० टाँगिएको ढकालले बताउनुभयो । एबिसी तारलले विद्युतीय क्षेती कम गराउनुका साथै चोरी नियन्त्रण समेत हुने वितरण केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको लामोसाँघु ३३ केबी विद्युत लाईन रहेकोमा हाल रामेछाप र दोलखाको सिमानामा पर्ने खिम्तीबाट लाईन जोडिएकाले दोलखामा विद्युतीय नियमित नहुनै समस्याको अन्त्य भएको ढकालले बताउनुभयो । ढकालले बताउनुभए अनुसार लामोसाँघुको ३३ केबी लाइन हुँदा लामोसाँघुमा समस्या आउदा दोलखा जिल्लाभर विद्युत अवरुद्ध हुने अवस्थारहेकोमा हाल जिल्लाका विभिन्न क्षेत्रमा सवस्टेसन निमार्ण गरेर विद्युत वितरण गरिएकाले सो समस्याको समाधान भएको उहाँको भनाई छ ।
जिल्लाको जिरी बाट लामोदुरी हुदैँ विद्युत जडान गरिएकोमा अहिले बैत्यश्वर गाउँपालि ६ नाम्दुमा सवस्टेशन निमार्ण गरेर विद्युतीकरण गरिएकाले बत्ती नियमित नहुने बैत्यश्वरको समस्या अन्त्य भएको उहाँले बताउनुभयो । गर्जाङ सबस्टेसनबाट जिरी सबस्टेसनमा समेत विद्युत लाइन जोडीएको र पहिले दोलखामा लामोसाँघु सबस्टेसन र ढल्केबरबाट विद्युत वितरण भइरहेको थियो । विगतमा लामो दुरीबाट विद्युत वितरण हुँदा बिग्रीने,ट्रिपिङ हुने समस्या थियो तर, अहिले विभिन्न स्थानमा सबस्टेसन निमार्ण गरेर सेवा विस्तार गर्दा सहज भएको वितरण केन्द्रले जनाएको छ ।

विद्युतको महसुल २ महिना सम्म नतिर्ने सरकारी, गैरसरकारी,संस्था,ब्यत्तिगत लगायत सम्पुर्णको विद्युत लाईन काट्ने गरिएको वितरण केन्द्रले जनाएको छ । विद्युत महसुल तिर्न आनाकानी नगर्न सम्पुर्ण उपभोत्ताहरुलाइ आग्रह गर्नुहुदै उहाँले महसुल तिर्न आनाकानी गरे जुनसुकै समयमा विद्युत लाइन काटिने बताउनुभयो । दोलखामा यो वर्ष करिब ९ सय जनाको विद्युत लाइन काटिएको बताउदै उहाँले उठ्न बाकी रहेको ५ करोड रकम मध्ये करिब ३ करोड रुपियाँ महसुल रकम सङ्कलन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ट्रान्सफर्मर अर्थिङ सुभार तथा मजबुत लोड सेन्टर बनाउने कार्यलाई तिब्र रुपमा अगाडी बढाएका छौ, प्रयोगमा नरहेका पोल तथा सामाग्रीको पुन प्रयोग गरि अनावश्यक खर्चको बचत गरिएको छ । विद्युत भरपर्दो बनाउन सिंगटी सबस्टेसन र खिम्ती सबस्टेसनबाट पनि ३३ केभी लाइन जोडिएको छ ।
मिटर जडान भएका तर सिल नलगाई चुहावट गरिएका मिटरहरुमा रिसिल गरिएको छ। मिटर जडान,मिटर रिडिङ तथा महसुल सङ्कलन,विद्युत चोरी नियन्त्रण,वितरण लाईन विस्तार,वितरण लाईन सुधार,संरचना बनाउने मापदण्ड र लाईनको रुट परिवर्तन विद्युतीय जोखिम तथा सुरक्षा कार्यक्रमलाई प्राथमिकताका साथँ अगाडि बढाइएको वितरण केन्द्रले जनाउको छ । जिल्लामा विद्युत खपत नबढेकाले विद्युतीय चुल्हो प्रयोगमा ल्याउनुपर्ने वितरण केन्द्रले जनाएको छ।

Back to top button