गौरीशंकरका पहिरो पिडितलाइ आर्थिक सहयोग

दोलखाको गौरीशङ्कर गाउँपालिका ७ र ८ का पहिरो पिडितलाइ  आर्थिक सहयोग गरिएको छ  ।

रोजगारीका शिलशिलामा जापान र संयुक्त अरब ईमिरेट्स बस्ने दोलखालीहरुले  एक लाख ८५ हजार रुपैयाँ रकम सहयोग गरेका हुन ।

दोलखा समाज जापानले पठाएको एक लाख ३५ हजार रुपैयाँ र दोलखाली समाज युएईले पठाएको ५० हजार रुपैयाँ शनिबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । सोमबार सदरमुकाम चरिकोटमा आयोजित एक समारोहका बीच नागरिक समाज, राजनीतिक दलका नेता, विभिन्न स्थानीय तहका प्रमुख, पत्रकार लगायतको रहोबरमा बागमती प्रदेश सभाका सदस्य भरतबहादुर केसीले गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।

दोलखाली समाज युएईका संस्थापक उपाध्यक्ष पुष्करकुमार अधिकारीको पहलमा बिदेशमा रहेकाहरुले आफुले  कमाएको केही पैसा जिल्लाका पहिरो पिडितलाइ सहयोग गरेका थिए ।

Back to top button