अहिलेको सरकार भ्रष्टाचारी र अपराधी बचाउन तर्फ लागेको छ : एमाले नेता बस्नेत

चरीकोट, भदौ २२ गते
दोलखा । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले अहिलेको सरकार भ्रष्टाचारी र अपराधी बचाउन तर्फ लागेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी दोलखाको अधिवेशनलाई सम्बोधन गर्नुहुदै बस्नेतले सो आरोप लगाउनु भएको हो ।
बालुवाटार प्रकरण र भ्रस्टाचारको फाइल अन्तिममा गएर नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डमा पुगेर रोकिने आरोप लगाउदै बस्नेतले सत्ताधारी दलका नेता नै भ्रस्टाचारमा मुछिएको उहाँको आरोप छ ।

युवा संघले समाजमा देखिएका विकृति, विसङ्गतिलाई अन्त्य गरि समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
युवा भनेको जोस जागर रहेको ब्यक्ति भएकाले युवाहरु जुझारु रुपमा अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।दोलखामा एमालेको अल्छीपना कारण अरु दलका उम्मेदवारले निर्वाचन जितेको बस्नेतले बताउनुभयो ।
बस्नेतले भन्नुभयो , नेकपा एमालेको यो बर्ष अधिवेशन बर्षको रुपमा मनाउने छ । अब एमाले युवाहरुको पार्टी हुने छ ।
नेकपा एमालेको पार्टी सदस्या घटेको नभएर घटाइएको बताउदै उहाँले पार्टी भित्र गुटबन्दीका कारण सदस्यता बढी देखिएको तर अहिले गुटबन्दी अन्त्य सगै सदस्यता घटेको उहाँले उल्लेख गर्नुभयो ।अहिले भएका सदस्यहरुले नै एमाले जिताउने उहाँको भनाइ छ ।

कुनै नयाँ स्वतन्त्र पार्टीको सदस्यता जस्तो एमालेको पार्टी सदस्यता नभएको बताउदै बस्नेतले नयाँ पार्टी धेरै सदस्यता बनाएर शुल्क उठाएर भ्रष्टाचार गरेको उहाँको आरोप छ । एमालेको नेतृत्वमा अध्यक्ष केपि शर्मा वलिको बिकल्प नरहेको बताउदै उहाँले वलिको बिकल्प नरहेको प्रष्ट पार्नुभयो ।
अधिवेशन बाट सर्वसम्मत युवा संघ दोलखाको नेतृत्व चयन गर्न बस्नेतले आग्रह गर्नुहुँदै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
शुक्रबार बाट सुरु भएको अधिवेशन भोलिसम्म चल्ने र अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने युवा संघ दोलखाले जनाएको छ ।

Back to top button