प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

दोलखा / भदौ २७ गते
जिल्लाको गौरीशंकर गाउँपालिकाले प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । प्राविधिक जनशक्ति उत्पादनको लागि शैक्षिक छाक्रवृत्ति कार्यत्रम अन्तर्गत गाउँपालिकाले छात्रवृति प्रदान गरेको हो ।
गाउँपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष विश्वास कार्कीले ४२ जना विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।छात्रवृति पाउनेमा एमबीबी स्नातक तर्फ २ जना लाई प्रति विद्यार्थी २ लाख, एमबीबी आयुर्वेद स्नातक तर्फ १ जनालाई २ लाख, सिभिल इन्जिनियर स्नातकतर्फ १ जनालाई १ लाख, डेन्टक साइन्स स्नातक तर्फ १ जनालाई ४० हजार, वन विज्ञान स्नातकतर्फ १ जनालाई ४० हजार, बीएसजी स्नातकतर्फ १ जनालाई ४० हजार, बीएसजी नर्सिङ स्नातकतर्फ १ जनालाई ४० हजार, सिभिल इन्जिनियर डिप्लोमा ४ जनालाई प्रति विद्यार्थी २४ हजार, बालीविज्ञान डिप्लोमातर्फ ८ जनालाई प्रतिविद्यार्थी २४ हजार, पशु विज्ञान डिप्लोमातर्फ १ जनालाई २४ हजार, पिसिएल नर्सिङ डिप्लोमातर्फ २ जनालाई प्रति विद्यार्थी २४ हजार, एचए डिप्लोमातर्फ २ जनालाई प्रति विद्यार्थी २४ हजार, ल्याब डिप्लोमातर्फ १ जनालाई २४ हजार, कम्युटर इन्जिनियर डिप्लोमातर्फ २४ जनालाई प्रति विद्यार्थी २० हजार गरि कूल ४२ जना विद्यार्थीलाई १९ लाख ४ हजार रुपैयाँ छात्रवृति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
छात्रवृति प्रदान गर्दै गाउँपालिका अध्यक्ष कार्कीले गरिब तथा जेहेन्दार विद्यार्थीले आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यका साथ गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
पलिकाको भौगोलिक अवस्थाका कारण प्राविधिक क्षेत्रका कर्मचारी आउनै गाह्रो मान्ने, आएपनि छोटो समयमै गईहाल्ने, कमसेकम आफ्नै पालिकाका विद्यार्थीलाई त आफ्नो ठाउँको माया हुन्छ नि त,’ उहाँले भन्नुभयो–‘त्यसैले पढाइ सकेपछि केही समय पालिकाका निम्ति सोचिदिँदा पनि पालिकाले अझै धेरै गर्न सक्थ्यो भन्ने कुरा हो ।’
छात्रवृत्तिका लागि गत वैशाखमा गाउँपालिकाले सूचना जारी गर्दै दर्खास्त आह्वान गरेको थियो । जसमा ४२ जना विद्यार्थीले आवेदन दिएका थिए । विगतमा आवेदन परेका मध्ये आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति दिने गरिएपनि यसवर्ष भने आवेदन दिएका सवै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

Back to top button