तामाकोसी गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका – ३ जफेमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजना, जिल्ला आयुर्वेद स्वास्थ्य दोलखाको समन्वय तथा कमिटी अफ हेल्थ साइन्स क्याम्पसको सहयोगमा सम्पन्न शिविरमा ३ सय ९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविरमा बोल्नुहुदै  गाउँपालिकाका उपाध्यक्ष सिर्जना सुबेदिले स्थानीय रूपमा उत्पादन हुने जडीबुटीको संरक्षण गरी आफ्ना पालिकावासीको स्वास्थ्य, आयआर्जनमा जोड दिने बताउनुभयो ।
स्वास्थ्य रक्षाको निम्ति घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको र सोही बमोजिम गाउँपालिकाले स्वास्थ्य सेवा प्राथमिकता साथ प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
परीक्षण गराएकालाई औषधि पनि वितरण गरिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य प्रमुख अरुण कुमार मिश्रले बताउनुभयो ।
स्वास्थ्य शिविरमा मांसपेशी, हाडजोर्नी, ढाड तथा घुँडाहरु दुख्ने समस्या, पेट र पाचन सम्बन्धी समस्या, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, फिसर, फिस्टुला लगायतका समस्या भएका बिरामीले विशेषज्ञ डाक्टरहरुद्धारा परिक्षण गरिएको उहाँले बताउनुभयो ।
मिश्रले भन्नुभयो – शिविरमा पेट, छाती, बाथ तथा अमलपित्त र स्त्री रोग सम्बन्धी बिरामीको सङ्ख्या बढि देखिएको छ ।
आयुर्वेद औषधिले फाइदा पुगेको र डाक्टरसहितको सेवा पाएकोमा खुसी लागेको शिविरमा सहभागीहरुले बताएका छन ।

Back to top button