
दोलखा । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा उपाध्यक्ष पदका लागि लोकप्रिय एमाले दोलखाका नेता ईश्वरचन्द्र पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
बाग्मती प्रदेशका अग्रज नेताका रुपमा परिचित पोखरेलले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन । एमाले बाग्मती प्रदेशको अधिवेशन असोज ८ र ९ गते काठमाडौंमा हुँदै छ । बागमतीको पहिलो अधिवेशनमा अध्यक्षका लागि धेरै जनाले उम्मेदवारी घोषणा गरे पनि उपाध्यक्षमा भने पोखरेलले मात्र उम्मेदवारी घोषणा गरेका हुन एमाले दोलखाको लामो समय अध्यक्ष भएर दोलखामा एमालेलाइ पहिलो पार्टी बनाउन सफल भएका पोखरेल दोलखा एमालेका स्वच्छ छवि भएका नेता हुन ।
पोखरेल एमाले दोलखाका शीर्षस्थ नेतामा पर्छन् । उनी २०४९ मा साबिक जफे गाविसको अध्यक्ष निर्वाचित भई कांग्रेसको एकल जिविस रहेका बेला सशक्त प्रतिपक्षी नेताको रूपमा जिल्लामा स्थापित भएका थिए ।
२०५४ मा जिल्ला विकास समिति सदस्य भएका पोखरेल २०७४ मा तामाकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । पोखरेल निरन्तर जिल्लामै बसेर काम गर्ने नेतामा पर्छन् । गाउँपालिका अध्यक्ष हुँदा उत्कृष्ट कार्य गरेका अध्यक्ष पोखरेल एमाले बाग्मती प्रदेशकै प्रभावशाली एवम क्षमतावान नेता हुन ।