अनेरास्ववियु दोलखाको अध्यक्षमा रामचन्द्र केसि

दोलखा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दोलखाको २३ औं जिल्ला अधिवेशनबाट रामचन्द्र केसी निर्वाचित भएका छन् । नवनिर्वाचित केसीको अध्यक्षतामा १० पदाधिकारी र ५१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।

कमिटीमा उपाध्यक्षहरु सुवोध पोख्रेल, विजय मोक्तान, विपिन्द्र खतिवडा, सचिव सुदिप पोख्रेल, सह–सचिवहरु विष्णुराज गुरुङ, सुदिप जिरेल, प्रमिला दाहाल, कोषाध्यक्ष उमेश रोकाय र कार्यालय सचिव शंकर पाठक निर्वाचित भएका छन् ।

सदरमुकाम चरिकोटमा असोज ५ गते भएको उद्घाटन समारोह अनेरास्ववियुका अध्यक्ष जीपछिरिङ शेर्पाको अध्यक्षता र अनेरास्ववियुको केन्द्रीय अध्यक्ष समिक बढालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेकपा एमालेका नेताहरु रचना खड्का, नर बहादुर श्रेष्ठ, भरत बहादुर केसी, विद्यार्थी नेताहरु सुजन कडेरिया र शालिकराम पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Back to top button