बैत्यश्वर गाउँपालिकाको छड्के बजार अनुगमन

गाउँपालिका अध्यक्षको छड्के बजार अनुगमन चरीकोट,असोज ९ गते
मुख्य चाडपर्व नजिकिँदै गए पछि जिल्लाको बैतेश्वर गाउँपालिकाले पालिकाभित्रका मुख्य बजारमा छड्के अनुगमन गरेको छ ।
गाउँपालिका अध्यक्ष छबि लामा सहितको अनुगमन टोलीले मुख्य ब्यापारी केन्द्र मैनापोखरी बजारका प्रत्येक पसलहरुमा अनुगमन गर्दै उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरेको हो ।
उद्योग वाणिज्य संघ,इलाका प्रहरी चौकीसंग समन्वय गरेर सोमबार बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब ३ लाख मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरीएको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो ।
स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीमाथि कडाइ गरिएको अध्यक्ष लामाले बताउनुभयो । गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको लामाको भनाई छ ।
बजारका धेरै जसो ठुला खाद्यान्न पसलमा म्याद गुज्रिएको सामान फेला परेको बैतेश्वर गाउँपालिका प्रशासन प्रमुख रबिन्द्र चौलागाईंले बताउनुभयो । चौलागाईले बताउनुभए अनुसार म्याद गुज्रिएका सामानहरुमा मदिरा,कोकाकोला,खाने तेल,दालमोट, आटा, पिठो, भुजिया,विस्कुट,चक्लेट,चिजबल,बियर,चियापती,कफि,दाल,चामल लगायत धेरै जसो बच्चाले खाने खानेकुराको समय गुज्रिएको सामान नियन्त्रणमा लिएर आजै स्थानीय प्रशासन,प्रहरी,उद्योग वाणिज्य संघको रोहवरमा नियन्त्रणमा लिएको अखाद्य बस्तु जलाएर नष्ट गरिएको छ् ।
अनुगमनमा गाउँपालिका,उपाध्यक्ष कल्पना उप्रेती,वडा अध्यक्ष कुमार चौलागाईं,भुवन घिमिरे,शान्त बहादुर जिरेल,कार्यपालिका सदस्य,ठुलीकान्छी बिक,पालिका प्रशासन प्रमुख रबिन्द्र चौलागाईं,सूचना पालिकाका प्रेस संयोजक सुबास बस्नेत, ईलाका प्रहरी कार्यालय मैनापोखरीका इन्चार्ज नारायण प्रसाद ढकाल,उद्योग वाणिज्य संघ मैनापोखरी शाखाका अध्यक्ष राजनकुमार दाहाल,किरण तामाङ,लगायत स्थानीयको उपस्थिति रहेको थियो। पलिकाले अनुगमनलाई आगामी दिनमा पनि निरंतरता दिने जनाएको छ् ।

Back to top button