दोलखामा राँगोलाई नियन्त्रण लिन नसकेपछि गोली हानी मारियो

दोलखा , असोज १० गते

दोलखामा एउटा राँगोलाई नियन्त्रण लिन नसकेपछि गोली हानेर मारिएको छ । सोमबार भीमेश्वर नगरपालिका–५ पुछारमाटीमा राँगोलाई गोली हानेर मारिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी धर्मेश कुमार यादवले बताउनुभए अनुासार स्थानीय भगवान बस्नेतको घरमा पालिएको उक्त बीउ राँगो फुकेर उहाँकी श्रीमती ६० वर्षीया साविक्रा बस्नेतमाथि आत्रमण गरेको थियो । सो राँगोलाई स्थानीयले नियन्त्रण लिन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरीले गोली प्रहार गरेको थियो । उक्त राँगो नियन्त्रणमा लिनका लागि गएको टोलीले एक राउन्ड गोली ‘फायर’ गरियो । गोली प्रहार गरी राँगोलाई मारिएको दोलखा प्रहरीले जनाएको छ ।

सोही वडामा रहेको किँरातेछाप प्रहरी चौकी बाट गएको प्रहरी टोलीले नियन्त्रण लिन नसकेपछि गोली हानी मारेको प्रहरीले जनाएको छ । राँगोको आम्रमणबाट घाइते हुनुभएका बस्नेतको धुलिखेल शाखा अस्पताल दोलखामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।ऊक्त राँगोले अरू व्यत्तिमाथि समेत आक्रमण गरेको थियो ।

Back to top button