दोलखामा ४ किलो सुन प्रकरण : थप २ जना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या ५ पुग्यो

चरीकोट, असोज ११ गते                        दोलखाको सिंगटी बजार बाट ४ किलो सुन प्रकरण थप २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
बिहीवार प्रहरीले सदरमुकाम चरिकोटको शुभकामना होटलबाट बिगु गाउँपालिका १ का ५५ वर्षिय नुर्बु छिरिङ शेर्पा र ३० वर्षिय सुनमाला तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले आज दिउँसो सदरमुकाम चरिकोटवाट दोलखाको बिगु गाउँपालिका–१ लामावगरमा ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र सोही स्थानकी ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना श्रीमान् श्रीमती भएको दोलखा प्रहरीले जनाएको छ ।
अवैध सुन ओसारपसारको गय राति दोलखा प्रहरीले जिल्लाको विगु गाउँपालिका–१ स्यालुका २८ वर्षीय केशर तामाङ, विगु–१ लामाबगरका १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो । चीनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा प्रहरीले छापा मारेर उहाँ हरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख दिपक खड्काले बताउनुभयो ।

प्रहरीले सिंगटीको जामुनेस्थित एक होटलबाट केशर तामाङलाई ४ किलो सुनसहित पक्राउ गरिएको र तामाङकै बयानको आधारमा राज तामाङ र माधव मगर पक्राउ परेका खड्काले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुवाट बरामद भएको ४ किलो सुन, मोबाइल र नगद सामानहरु सार्वजनिक गरेको छ ।
बरामद भएको सुन जस्तो धातुको तौल ४ किलो भएको र सुन पुष्टि भएमा त्यसको बजार मुल्य ३ करोड ७७ लाख ४७ हजार ८०५ रुपैयाँ हुने उहाले बताउनुभयो । उहाँका अनुसार बरामद भएको सुन लामावगरको फलाक नाकावाट नेपाल भित्रिएको हुनसक्ने उहाँको भनाइ छ । चिनियाँ नागरिकले नुर्वु छिरिङ मार्फत सुन पठाएको र उहाँले अन्य व्यक्तिलाई ओसारपसारमा संलग्न गराएको डिएसपी खड्काले बताउनुभयो । बरामद भएको सुन परिक्षणकालागि काठमाडौं पठाईने र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

पक्राउ गरिएको सुन इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक बिक्रम लामाको कमाणडमा १० जनाको टोली खटि गई निजको घर खान तलासी गर्दा सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको प्रहरीले जनाएको छ। बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो।

Back to top button