भौगोलिक विकट बेदिङ र नाँ गाउँमा स्वास्थ्य शिविर, ५३ जनाले पाए स्वास्थ्य सेवा

चरिकोट , असोज १२ गते
दोलखा । भौगोलिक रुपमा विकट मानिने दोलखाको गौरिशंकर गाउँपालिकाको बेदिङ र नाँ गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । सडकको पहुँच पुग्न नसकेको दुबै गाउँमा गाउपालिकाक आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
गौरिशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की सहितको स्वास्थकर्मीको टोलीले २ दिनको पैदल यात्रा गरेर बेदिङ र नाँ गाउँ पुगेर निशुल्क स्वास्थ्य शिविर संचालन गरेको गाउँपालिकाले जनाएको छ । शिविरमा ५३ जनाले उपचार सेवा लिएका छन् । शिविरमा रुघाखोकी, ज्वरो, ब्लड प्रेसर, दम, मधुमेह, हाई अल्टिट्युड, लगायत रोगको परीक्षण र उपचार भएको छ। शिविरमा १८ जनाले भिडियो एक्स रे सुविधा लिएका छन् । शिविरमा २० हजार बरावरको औषधी निशुल्क वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रेग्मीले बताउनुभयो ।

रेग्मीले आगामी दिनहरुमा पनि यस्तै निशुल्क स्वास्थ्य शिविर गर्दै जाने बताउनुभयो । अस्पतालको पहुँच नभएका दुर्गम ठाउँका नागरिकहरुको स्वास्थ्य अवस्थाबारे बुझन् यस्ता स्वास्थ्य शिविरले सघाउ पुग्ने उहाँको भनाई छ । ‘बेदिङ र नाँ का स्थानीयलाई स्वास्थ्य उपचारका लागि २, ३ दिन हिँडेर सुरी, सिँगटी बजार तथा चरिकोट धाउनुपर्ने बाध्यता भएकाले बेलाबेलामा शिविर मार्फत स्वास्थ्य परिक्षण गर्दै आएको उहाँकाृ भनाई छ । आगामी दिनमा अन्य वडामा समेत स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । गाउँमा स्वास्थ्य सेवा पाउँदा खुसी लागेको स्थानीहरुले बताएका छन।
गाउँपालिका अध्यक्ष विश्वास कार्कीले भौगोलिक अवस्था विकट रहेका स्थानहरुमा गाउँपालिकाले नियमित स्वास्थ्य परिक्षण गर्ने बताउनुभयो ।

हामीले चुनावमा नै बेदिङ र नाँ गाउँमा स्वास्थ्य सगैँ पुर्याउने प्रतिबदता ब्यत्त गरेका थियौ । सोही अनुसार सडकको सम्म पहुँच नपुगेका यी गाउँमा शिविर मार्फत स्वास्थ्य सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । हामीले यी गाउँमा स्वास्थ्य शिविर सम्पन्न गर्न ४ दिनको समय लागेको उहाँले बताउनुभयो ।

गौरीशंकर गाउँपालिका ९ का अध्यक्ष निमागेली शेर्पाको अध्यक्षतामा भएको ऊक्त कार्यत्रममा गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, गौरीशंकर गाउँपालिका स्वास्थ्य प्रमुख वसन्त रेग्मी, विशेषज्ञ डाक्टर सन्तोष कुमार यादव, हेल्थ असिस्टेन्ट धमेन्द्र जंग हमालको उपस्थितीमा शिविर सम्पन्न भएको थियो ।

 

Back to top button