अनेरास्ववियु दोलखाले बुझायो प्रजिअलाई ध्यानाकर्षण पत्र

दोलखा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दोलखाले बिभिन्न सार्वजनिक महत्वको विषयमा दोलखाका प्रमुख जिल्ला अधिकारीलाई  ध्यानाकर्षण गराएको छ ।

विहिवार अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दोलखा पुगेको विद्यार्थीहरुको टोलिले विद्यार्थी भाँडा छुट कार्यान्वयन गरिनु पर्ने, यात्रुले सहजै देखिने गरी भाँडादर राखिनु पर्ने, यात्रुलाई अनिर्वाय टिकट दिनुपर्ने, फोहर व्यवस्थापनको लागि अनिर्वाय रुपमा सवारी साधन भित्र डस्विन राखिनु पर्ने, नेपाल सरकारको मापदण्ड अनुसार भाँडादर कायम गरिनुपर्ने लगायतको माग सहितको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई बुझाईएको अनेरास्ववियु दोलखाले जनाएको छ ।

ध्यानाकर्ष बुझ्नुहुदै दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले विद्यार्थीले उठाएको जायज माग तत्काल पुरा गर्ने बताउनु भएको थियो ।

प्रजिअ धमलाले गाडी भाडा छुट नदिएमा 9854017777 फोन गर्न समेत विद्यार्थिलाई अनुरोध गर्नुभएको अनेरास्ववियु दोलखाले जनाएको छ ।

ध्यानाकर्षण पत्र बुझाउन अनेरास्वविका केन्द्रीय सदस्य राजकुमार ढुङ्गेल लगायत अनेरास्ववियु दोलखाका पदाधिकारी तथा सदस्यहरु जिल्ला प्रशासन कार्यालय दोलखा पुग्नु भएको थियो ।

 

Back to top button