इश्वरभुमी साकोस पाइलेको ८औँ वार्षिक साधारणसभा सम्पन्न,कुल पुर्जी ६६ लाख पुग्यो

दोलखा-२० असोज।इश्वरभुमी बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका-३ मिर्गे पाइलेको ८औँ वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ । साधारणसभा संस्थाका अध्यक्ष सुबास बस्नेतको अध्यक्षयता तथा बैतेश्वर गाउँपालिका-३ का वडा अध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।साधारणसभामा संस्थाकाे आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष ढाल बहादुर बस्नेतले कुल ६६ लाख ४३ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।भने सहकारीको संचालक समितिको प्रतिवेदन सचिव मेनुका गिरी बस्नेतले प्रस्तुत गरेकी थिइन।सहकारीमा हाल ३ सय ५४ जना सेयर सदस्य रहेका छन् भने,सेयर पुर्जी ४ लाख हाराहारीमा रहेकोे छ। संस्थाले साधारणसभाको अवसरमा उत्कृष्ट बचत कर्ता,असल ऋणी,जेष्ठ सदस्य,उत्कृष्ट सेयर खरिद कर्ता लाई सम्मान गरेको छ् ।साधारणसभामा संस्थाका अध्यक्ष सुबास बस्नेत,वडा अध्यक्ष कमल अधिकारी,कालीढुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष शिव प्रसाद खतिवडा,स्थानीय गोपाल कार्की, तारा नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए। २०७२ सालमा दर्ता भएको साकोसले गत असार मसान्तसम्म एक लाख ५४ नाफा कमाउन सफल भएको छ्।

Back to top button