स्थानीय तहका कर्मचारी आन्दोलनमा

दोलखा-२१, असोज। देशभरका स्थानीयतहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहका कर्मचारीले राष्ट्रिय सँघर्ष समितिको निर्णय अनुसार दोलखाका स्थानीयतहका कर्मचारीले पनि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् । जिल्लाको बैतेश्वर गाउँपालिकाका कर्मचारीले पनि शुक्रबारदेखि संघर्ष समिति गठन गरेर विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनिहरुले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई एक्यवद्धता जनाउदै पालिकामा पनि आन्दोलन थालेका हुन् ।
स्थानीय तह कर्मचारीका सवाल वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा लगायतका २० बुँदे माग राखेर आन्दोलन गर्दै आएको बैतेश्वर गाउँपालिका स्थानीय तह कर्मचारी आन्दोलन संघर्ष समितिका संयोजक रबिन्द्र चौलागाईंले जानकारी दिए  ।
सङ्घीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन् ।
उनीहरुले एकीकृत निजामति सेवा ऐन जारी गर्, अन्तरप्रदेश सरुवा लागू गर्, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर, लगायतका केन्द्रको सर्कुलर अनुसार बैतेश्वर गाउँपालिकामा पनि बिरोध जनाएका छन् । बैतेश्वर गाउँपालिकाका कर्मचारीले  आइतबार बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामा,उपाध्यक्ष कल्पना उप्रेती,प्रमुख प्रशासकीय अधिकृत रमेश घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको स्थानीय तह कर्मचारी युनियन बैतेश्वरका अध्यक्ष इन्जिनियर रोशन कुमार गिरीले जानकारी दिए । उनिहरुले आइतबार कालोपट्टी बाधेर बिरोध जनाएका छन् भने,सोमबार देखी अनिश्चितकालीन पेनडाउन गर्ने तथा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

Back to top button