ब्यवसायिक र व्यवहारिक शिक्षा आजको आवश्यकता हो: सभामुख घिमिरे

चरीकोट, असोज ३० गते

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले व्यावसायिक र व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ । दोलखा सदरमुकाम चरीकोटमा रहेको हिमाली जिल्ला कै पहिलो गौरीशंकर बहुमुखी क्याम्पसले आयोजना गरेको बडा दसैं, शुभदिपावली,नेपाल संम्बत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा रिसर्च सेन्टर तथा बिजनेस इन्कुवेशन सेन्टरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले सो कुरा बताउनुभएको हो ।
अबको शिक्षा ब्यवसायिक शिक्षा तिर अगाडी बढ्नुपर्ने बताउनुहुँदै उहाँले क्याम्पसहरु ब्यवसायिक शिक्षामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
घिमिरेले व्यावहारिक शिक्षाले मात्र मुलुकको प्रगति हुने बताउनुभएको छ । त्यस्तो, शिक्षा दिने मुलुकले मात्र प्रगति गर्न सक्ने उहाँको भनाइ छ ।
शिक्षा भनेकै हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान विस्तार गरेर विश्वलाई हेर्ने कुराहरु रहेको बताउदै ऊहाँले शिक्षाको विकासका लागि अतिरिक्त त्रियाकलापले महत्वपूर्ण रहेको बताउनुभयो ।
भुकम्पपछि क्याम्पसले आकर्षक भौतिक संरचना निर्माण गरेको बताउनुहुदै सभामुख घिमिरेले क्याम्पसमा विद्यार्थी सङ्ख्या बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।क्याम्पसको शैक्षिक उपलब्धि राम्रो हुँदै गएकोमा घिमिरेले क्याम्पस परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
राजधानी बाट नजिकै रहेको दोलखा जिल्ला पर्यटकीय रुपमा प्रचुर सम्भावना भएको जिल्ला रहेको बताउदै उहाँले पर्यटन क्षेत्रको बिकास प्राथमिकता साथ अगाडि बढाउनुपर्ने बताउनुभयो ।
पर्यटन क्षेत्रमा धेरै सम्भावना भएका जिल्लाहरुको सुचिमा दोलखा पनि अग्रपंक्तिमा भेटिने घिमिरेको भनाई रहेको छ ।
क्याम्पस संचालक समितिका अध्यक्ष अमृत राउतले क्याम्पसको बिकास र विद्यार्थीहरुलाइ आकर्षण गर्नका लागि विभिन्न शैक्षिक कार्यक्रमहरु गर्ने योजना रहेको बताउनुभयो ।
हिमाली जिल्लाकै पहिलो  गौरीशंकर बहुमुखी क्याम्पसमा जिल्लाका ग्रामीण क्षेत्रबाट अध्ययन गर्नका लागी विद्याथीहरु आउने गरेका छन । जिल्ला भित्र मात्र नभइ छिमेकी जिल्लाबाट समेत पठनपाठनका लागि विद्यार्थी आउने गरको क्याम्पसले जनाएको छ । क्याम्पसमा कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन र कानुनका विषयको पढाइ हुने गरेको छ भने स्नातक तहमा विएड,विविएस र विए एवं स्नातकोक्तर तहमा एमएड र एमविएस कार्यत्रम सञ्चालन भइरहेका छन् । हाल क्याम्पसमा १ हजार ४ सय ३ विद्यार्थीहरु अध्ययरत छन् ।

Back to top button