खेलकुद महासंघ र रिटर्नी सेन्टर नेपाल दोलखाको आयोजनामा रक्तदान

दोलखा । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान २०८० अन्तर्गत ‘रक्तदान जीवनदान’ भन्ने मुल नाराका साथ अखिल नेपाल खेलकुद महासंघ दोलखा र रिटर्नी सेन्टर दोलखा द्वारा विगु गाउँपालिका ४ स्थित सिङ्गटीमा आयोजित रक्तदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

विहिवार सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा कार्कीले  रक्तदातालाइ ब्लड ब्याग दिएर उद्घाटन गर्नु भएको थियो ।

अखिल नेपाल खेलकुद महासंघ दोलखाका अध्यक्ष विमल ओलीको अध्यक्षता भएको सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा कार्की , नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितीका अध्यक्ष कुल बहादुर बुढाथोकी , रिटनी सेन्टर नेपालका केन्द्रिय सदस्य पुस्कर अधिकारी , नेपाल रेडक्रस दोलखाका पुर्व अध्यक्ष गोकर्ण पोखरेल लगायतले मन्तव्य तथा शुभकामना दिएका थिए । रिटनी नेपाल दोलखाका अध्यक्ष दिनेश गुरुङले कार्यक्रम संचालन गरेका थिए।कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

Back to top button