
दोलखा । जिल्लाको तामाकोशी गाउँपालिका-१ भिरकोटमा रहेको भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था २८ औं वर्षमा प्रबेश गरेको छ ।२०५२ सालमा स्थापना भएको संस्थाको पुँजी ४४ करोड ३४ लाख ५३ हजार रहेको छ ।
स्थापना दिवसलाई संस्थाले भव्य रूपमा विभिन्न कार्यक्रम गरेर मनाएको छ । संस्थाका अध्यक्ष उप्रेतीको अध्यक्षयता सम्पन्न कार्यक्रममा संस्थाकाे आर्थिक वर्ष २०७९/८०को साउन मसान्तसम्म संस्थाले कुल ४४ करोड ३४ लाख ५३ हजार पुँजी संकलन गर्दै ६५ लाख ५६ हजार चार सय खुद नाफा कमाउन सफल भएको अध्यक्ष उप्रेतीले बताए। एकीकृत समाजवादीका नेता शिव प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाकाे आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञबहादुर श्रेष्ठले प्रस्तुत गरेका थिए ।
संस्थाले आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा ३ करोड २६ लाख ३४ हजार शेयर जम्मा गरेको छ्।त्यस्तै जगेडा तथा अन्य कोष तर्फ २ करोड ९२ लाख,बचत निक्षेप तर्फ ३४ करोड ६६ लाख २५ हजार र स्थीर सम्पत्ति तर्फ २ करोड ७९ लाख ४३ हजारबराबरको सम्पत्ति संकलन गरेको छ। संस्थाले स्थापना दिवसको अवसर पारेर विभिन्न विधामा संस्थापक शेयर सदस्य,पुर्व संचालक, उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट शेयर सदस्य र कर्मचारीलाई सम्मान गरेको छ । यस भिमेश्वर बहुउद्देश्यीय सहकारीले दाना उद्योग समेत सञ्चालनमा लाएर उत्पादन थालेको छ्। संस्थामा हाल तामाकोशी गाउँपालिका तथा छिमेकी पालिकाका गरी सात हजार एक सय ७३ जना आबद्ध रहेका छन् । संस्थाले स्थापना दिवसलाई राष्ट्रिय कलाकारकाे उपस्थितिमा साँस्कृतिक कार्यक्रम गरेर मनाएको थियो । कार्यक्रममा प्रमुख अतिथि शिव प्रसाद भण्डारी ,तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदी,भिरकोटका वडा अध्यक्ष बसन्त थापा,लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैबीच संस्थाले आफ्नो २५ औं वार्षिक साधारणसभा क्षत्रगत रूपमा मंगलबारदेखि सुरु गरेको छ भने,केन्द्रिय साधारणसभा कात्तिक २२ गते गर्ने भएको छ।