सबैभन्दा बढि आयकर दाखिला गर्ने जनसचेतन सहकारी सम्मानीत

सबैभन्दा बढि आयकर दाखिला गर्ने दोलखाको जनसचेतन सहकारी सम्मानीत भएको छ । जिल्लाको बैतेश्वर गाउँपालिका
वडा नम्बर–४ मा मुख्य कार्यालय रहेको सो सहकारी संस्थाले नेपाल सरकारलाई सबैभन्दा बढी आन्तरिक राजस्व (आयकर दाखिला) गरेबापत करदाता सेवा कार्यालयले सम्मान गरेको हो ।आन्तरिक राजस्व कार्यालय धुलिखेल अन्तर्गत करदाता सेवा
कार्यालय चरिकोटले १२ औँ राष्ट्रिय कर दिवस २०८०को कर सप्ताह कार्यक्रममा साकोसलाई सम्मान गरेको हो ।
साकोसले आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लामै सबैभन्दा बढी करिब ८१ लाख रुपैयाँ नेपाल सरकारलाई राजस्व
तिरेको जनसचेतन सहकारी संस्थाले जनाएको छ। करदाता सेवाकार्यालय चरिकोटले मंसिर १ गतेदेखि सुरु गरेको कर सप्ताहको बिहीबार मैनापोखरी कर सम्बन्धी अन्तर्क्रिरया कार्यक्रम आयोजना गरी जनसचेतन सहकारीका कोषाध्यक्ष भरत केसीलाई सम्मान पत्र प्रदान गरेको थियो।सम्मानपत्र करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले हस्तान्तरण गर्नुभएको थियो। उद्योग
वाणिज्य संघ मैनाफोखरीको समन्वय आयोजना गरिएको अन्तरक्रिया कार्यत्रममा कर सम्बन्धी विभिन्न विषयमा उठेका जिज्ञासालाई कर अधिकृत गौतमले सहजीकरण गरेकी थिइन्। स्वच्छ पारदर्शी र प्रविधिमैत्री सामाजिक न्याय आर्थिक
समृद्धि र सुशासन भन्ने नाराका साथ देशभर मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह आयोजना गरिएको गौतमले बताउनुभयो
चालु वर्षको कात्तिक मसान्तसम्म करदाता सेवा कार्यालय दोलखाबाट ८ करोड ४५ लाख ७८ हजार ३ सय ९४ रुपैयाँ राजस्व सङ्कलन भएको कर अधिकृत गौतमको भनाई छ ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक भौचरबाट ५ करोड ९४ लाख ४७ हजार दाखिला भएको तथा ईपेमेन्टबाट ३ करोड ४९ लाख २१ हजार ३ सय ९२ रुपैयाँ दाखिला भएकाले कात्तिकसम्म ८ करोड ४५ लाख ७८ हजार ३ सय ९४ रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो। करदाता सेवा कार्यालयले आयकर,पारिश्रमिक आयकर,पुँजीगत लाभकर व्यक्तिगत,आयकर सरकारी प्रतिष्ठान, आयकर पब्लिक, आयकर
प्रा ली, सामाजिक सुरक्षा कर, बहाल कर, मूल्य अभिवृद्धि कर,ब्याज कर लगायतका राजस्व शीर्षकबाट उक्त राजस्व सङ्कलन गरेको हो।

Back to top button