पुष भित्र कालिदह – छौडे सडक कालोपत्रेको टेण्डर खोल्ने काङ्ग्रेस नेता लामा र काफ्लेको प्रतिबद्धता

दोलखा । लामो समय देखि कालोपत्रे हुन नसकेको भिरकोट गैरिमुदी झुले छौडे सडक पुस महिना भित्र कालोपत्रे सहितको टेण्डर खोल्ने नेपाली काङ्ग्रेसका नेताहरु बहादुरसिं लामा र कुन्दनराज काफ्लेले प्रतिबद्धता व्यक्त गरेका छन ।

बुधबार सदरमुकाम चरिकोटमा आर्थिक मामिला तथा योजना मन्त्रि बहादुरसिंह लामाले दोलखाको तामाकोशी गाउँपालिका अन्तरगतको झुुले छौंडे सडक पुस महिना भित्र कालोपत्रे सहित टेण्डर हुने बताउनुभएको छ ।
मन्त्रि लामाले ३० देखि ३५ करोड रकम बिनियोजन गरि सडकको तत्काल कालोपत्रेका लागि अगाडी बढाउने बताउनुभएको हो । लामाले भन्नुभयो दोलखाबाट नै निर्वाचित भएका प्रदेश सभा सदस्य कुन्दन काफ्लेले सो सडक जसरी भएपनी निमार्ण हुने पर्ने भन्दै दबाब दिदै आउनु भएको छ । सो सडक स्वर्गीय भिम बहादुर तामाङको गाउँ जाने सडक पनि हो ,हामिले सबै काम सम्पन्न गरिसकेका छौं,पुस भित्र टेण्डर खुल्छ ।

बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले आफू नागरिकलाई झुटो आश्वासन दिने भन्दा पनि काम गरेर देखाउने भएकाले निर्वाचित भएको एक वर्ष भयो मैले बोलेको कुरा पूरा गरेर देखाउछु, सडक निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेकोले  एक महिनाभित्र टेण्डर खुल्छ  ।

Back to top button