सामाजिक सुरक्षा भत्ता वितरण गर्न दुई दिन पैदल यात्रा

चरीकोट, मंसिर २५ गते
गाउँ गाउमा सिंहदरबारको नारा लिएर आएका स्थानीय सरकारको काम प्रभावकारी नभएको आरोप जिल्लाभरि लागिरहेका छ । सिंहदरबार हैन सिंह मात्र गाउँमा आएका कारण सेवामा चुस्त दुरुस्त नभएको स्थानीयले गुनासो गर्दै आएका छन् ।
तर दोलखाको जिल्लाका एक जना वडा अध्यक्ष भने सामाजिक सुरक्षा भत्ता लिएर स्थानीयको घरदैलो पुगेका छन् । जिल्लाको गौरीशंकर गाउपालिका–९ का वडा अध्यक्ष ङिमगेली शेर्पाले सामाजिक सुरक्षा भत्ता रकम स्थानीयको घरमानै पुगेर वितरण गर्नुभएको छ । वडामा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन ५ दिन लाग्ने भएपछि आफूहरुले सो कदम चालेको वडाध्यक्ष शेर्पाले बताउनुभयो। वडाध्यक्ष शेर्पासहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्नुभएको छ ।
गाउँमा असहाय जीवन जिउन बाध्य भएका महिला तथा वृद्धवृद्धालाई वडाध्यक्षले घरैमा गएर भत्ता दिन थाल्नुभएको छ, यो आफैँमा राम्रो कार्य हो।’ स्थानीय निमाडोली शेर्पाले भन्नभयो ।
वृद्धवृद्धा तथा एकल महिलालाई घरमै पुगेर रकम वितरण गरिँदा सुरक्षित तथा सही सदुपयोग हुने भएकाले आफूले यस्तो कदम चालेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । गौरीशंकर गाउँपालिका ९ का सिमिगाँउ, रोल्वालिङ र वेदिङ गाउँमा सडक पहुँच अहिले सम्म पुगेको छैन,हामीले घरमै गएर भत्ता वितरण नगर्ने हो भने भत्ता पाउन बाट वन्चित सन सक्ने उहाँको भनाई छ । सम्बन्धित व्यक्तिको हातमा रकम परे सदुपयोग पनि हुने, सुरक्षित पनि हुने र वृद्धवृद्धालाई दुःख पनि नहुने भएकाले हामीले घरमै पुगेर रकम दिन थालेको उहाँले बताउनुभयो । भत्ता वितरण गर्ने क्रममा एक वृदको स्वास्थ्यमन समस्या देखिएपछि मान्छे खोजेर बोकाएर वडाले नै उपचारका लागी पठाएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष  आफ्नै घर आइपुगेपछि स्थानीय नाङर्सोके शेर्पाले बल्ल आफूले स्थानीय सरकारको अनुभूति गर्ने अवसर मिलेको बताउनुभयो ।
उहाँले खुसी हुँदै वडा अध्यक्ष शेर्पालाई धन्यवाद दिँदै यस्ता सामाजिक कामलाई निरन्तर दिन सुझाव दिनुभयो । सो गाउँमा पुग्न पैदल यात्रा २ दिन र फर्किन २ दिन समय लाग्ने शेर्पाले बताउनुभयो । सो गाउँका ५७ जनालाई भत्ता पाउने रहेकोमा २८ जनाले बैकबाट चेक मार्फत लिने र बाकी १९ जनालाइ घरमै पुगेर भत्ता वितरण गरेको वडा सचिव छबि प्रकाश वलीले बताउनुभयो ।

Back to top button