बैतेश्वर गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु

दोलखा। बैतेश्वर गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिवार देखि सुरु भएको छ्।वैतेश्वर गाउँपालिकाको आयोजिना तथा हनुमन्तेश्वर माविको व्यवस्थापनमा यस चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षयता तथा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानिको प्रमुख आतिथ्ययतामा उद्घाटन गरिएको हो। यस वर्ष चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत खेल खेल्न गाउँपालिका भित्रका ८ वटा सामुदायिक विद्यालय र एक निजी स्कुलले सहभागिता जनाएको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देश समितिका सदस्य सचीव भरत केसीले जानकारी दिए। उद्घाटन चरणमा बिहिवार भलिबल तर्फका लिग चरण अन्तर्गतका सबै खेल सम्पन्न भएको छ् । छात्र तर्फको लिगचरणको पहिलो खेलमा सनराइज स्कुल,जलदेवी मावि,विष्णु मावि,जलदेवी मावि र जनज्योति मावीले हित हात परेका छन् भने,छात्रा तर्फको लिगचरणको भलिबल खेलमा सनराइज स्कुल,हनुमन्तेश्वर मावी, जनज्योति मावि र क्षत्रवति माविले जित हात पारेका छन्। त्यस्तै आजै भएको छात्र तर्फको सटपुट खेलमा हुमतेश्वर मावि पहिलो,जनज्योति मावि दोस्रो र विष्णु मावि तेस्रो भएको छ ल।त्यस्तै छात्रा तर्फको सटपुट खेल पनि सम्पन्न भएको छ्।छात्रा तर्फको सटपुट खेलमा सनराइ स्कुल पहिलो,जनज्योति मावि दोस्रो र हनुमन्तेश्वर मावि तेस्रो भएको छ्। त्यसैगरी ज्याविन थ्रो तर्फको खेल जारी रहेको छ। चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शंकर बाबु श्रेष्ठ,वैतेश्वर गाउँपालिका-१ वडा अध्यक्ष भिम तामाङ,२ का वडा अध्यक्ष श्यामकुमार घिसिङ,३ का वडा अध्यक्ष कमल अधिकारी,४ का वडा अध्यक्ष कुमार चौलागाईं,६ का वडा अध्यक्ष असोक तामाङ,७ का वडा अध्यक्ष मिनकुमार शिवाकोटी, ८ वडा अध्यक्ष शान्त बहादुर जिरेल ,नेपाली कांग्रेसका प्रदेश क का क्षेत्रीय उपसभापति सुबास लामा,९ वटै विद्यालयका प्रध्यानध्यापक लगायतको उपस्थिति रहेको थियो।प्रतियोगिता सनिवार सम्म चल्ने छ्।

Back to top button