गौरीशंकर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

दोलखा । गौरीशंकर गाउँपालिकामा पाँचौँ अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गौरीशंकर गाउँपालिका २ जुगु स्थित निलकन्ठेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा विहिवारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य गंगा कार्कीले गरेका हुन् । प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यामिक विद्यालयहरुको सहभागीता रहेको छ ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, शटपुट, हाइजम्प, लङजम्प लगायतका खेल समावेश गरिएको छ। प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा विभिन्न स्कुलका विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।

खेल उद्घाटनको पहिलो दिन गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गंगा कार्की, विशेष अतिथि प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख बजुराम घतानी , शैलुङ गाउँपालिका अध्यक्ष रिमाल बाबु श्रेष्ठ लगायत नौ वटै वडाका वडाध्यक्ष, नेकपा माओवादी केन्द्रका प्रदेश १ का संयोजक पुष्कर अधिकारी , नेपाली कांग्रेस बागमति प्रदेश प्रतिनिधि , पालिकाका कर्मचारी, पालिका भित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका लगायतको उपस्थिती रहेको थियो ।-herda herdai

Back to top button