तामाकोसीका वडामै योजना सम्झौता

दोलखाको तामाकोसी गाउँपालिकाले वडावडामा पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०८०∕८१ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समिति मार्फत गरिने योजनाहरु वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो ।गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ।
गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न सुरु गरिएको तामाकोसि गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रशाद शर्मा वाग्लेले जानकारी  दिनुभयो ।पालिकाले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर पालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ।’
७ वटा वडा रहेको पालिकामा वडा नम्बर १ बाट योजना सम्झौता गर्ने कार्य सुरु गरिएको छ भने बाँकी रहेका वडामा पनि सम्झौता भइरहेको गाउँपालिकाले जनाएको छ ।
एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि गाउँपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको गिरिले बताउनुभयो।’

सरोकारवाला सबै वडामै भेला भएर आ–आफ्नो योजना सम्झौता गर्न सकिने भएकाले उपभोक्तालाई सहज हुन्छ’, उहाँले भन्नुभयो , ’यो एक प्रकारको घुम्ती सेवा जस्तै हो, उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै कार्यालयमा आए पुग्छ, एउटै कामका लागि पटक–पटक आइरहनुपर्दैन।’

‘विकास निर्माणको काम गर्नका लागि उपभोक्ता समूह गठन गरेर योजनाहरूको सम्झौता गर्न गाउँपालिका आउनुपर्ने बाध्यता छ,’ अध्यक्ष प्रोण प्रताप केसिले भन्नुभयो, ‘पालिका आउनुपर्ने कारणले उपभोक्ताहरूले समयमा योजना सम्झौता नगर्दा धेरै विकास निर्माणका कामहरू समयमै सम्पन्न हुन नसक्ने अवस्था छ। त्यसैले समयमै योजनाहरूको कार्य सम्पन्न गर्नका लागि वडामै पुगेर योजनाहरू सम्झौता गर्न लागेका हौं।’

जनतालाई उनीहरूको घर आँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गर्न लागिएको अध्यक्ष केसिको भनाइ छ ‘स्थानीय सरकारले नागरिकहरूको घर आँगनमै पुगेर सेवा दिनुपर्छ,’ अध्यक्ष थापाले भने,‘गत वर्षहरूमा पनि  गाउँपालिकाले वडा तहमा पुगेर योजनाहरूको मात्र सम्झौता गर्ने गरेको थियो।

Back to top button