अनेरास्ववियु जिरी नगर कमिटीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

दोलखा । अनेरास्ववियु जिरी नगर कमिटीले जिरी नगरपालिकाका विभिन्न विद्यालयहरुमा खेलकुदका सामाग्री वितरण गरेको छ ।

नेकपा एमाले निकट  नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन जिरी नगर कमिटीले विधार्थीहरुका लागि भलिवल पम्प लगाएतका खेलकुदका सामाग्री वितरण गरिएको हो ।

नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुलाई खेलकुदका सामाग्रीहरु वितरण गरेको अनेरास्ववियु दोलखाका सहसचिव सुदिप जिरेलले बताउनुभयो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित जिरी नगरपालिकाले आयोजना गर्न लागेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितालाई थप प्रभावकारी बनाउने उदेश्यले जिरी नगरपालिका भित्र रहेका ९ वटा विद्यालयहरुलाई खेलकुदका सामाग्री वितरण गरेको सहसचिव जिरेलले बताउनु भयो ।

नगरपालिका भित्रका जिरी माध्यमिक विद्यालय, कालिका मावि, ठुलोपातल मावि, सरस्वती सामुदायिक विद्यालय, बौद्धभुवनेश्वरी मावि, गर्जङ ढुंगा मावि, ढुंगेश्वरी मावि, सहिद स्मृती आवसीय मावि र जेएम एकेडेमीलाई भलिवल पम्प लगाएतका खेलकुदका सामाग्री वितरण गरिएको अनेरास्ववियु दोलखाले जनाएको छ ।

बिधार्थीहरुलाई शिक्षा संगसंगै खेल क्षत्रलाई पनि सहभागी गराउने र खेल क्षत्रमा अगाडी वढाउने उदेशयले वितरण गरिएको कार्यक्रममा अनेरास्ववियु दोलखाका सह सचिव, सुदिप जिरेल, अनेरास्ववियु जिरी नगर आयोजक कमिटी संयोजक दिपेन कार्की, आकृती खड्का लगाएत विधार्थी नेताहरु ,शिक्षक विद्यार्थीहरुको उपस्थितिमा खेलकुद सामाग्री वितरण गरिएको थियो ।

Back to top button