नेफ्स्कूनको कोषाध्यक्ष पदमा खड्काको उम्मेदवारी,यसकारण बलियो छ उहाँको उम्मेदवारी

दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को ३२औं साधारणसभामा कोषाध्यक्ष पदका लागि जिवसराज खड्काले उम्मेदवारी दिएका छन ।

जिल्ला बचत संघ दोलखाको प्रतिनिधित्व गर्दै संचालक सदस्य  खड्काले कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल खड्का बलियो उम्मेदवार रहेको बताइएको छ ।

२०५३ सालमा शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड  दोलखाको संस्थापक सचिवबाट सहकारी अभियानमा जोडिनुभएका उहाँले सोही संस्थाको कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक समेत हुनुभएको थियो ।

हाल सोही संस्थाबाट प्रतिनिधित्व गर्दै जिल्ला बचत संघ दोलखाको लेखा समिति संयोजक, २०६० सालमा कोषाध्यक्ष, २०६५ सालमा महासचिव र २०६७ देखि २०७६ सम्म अध्यक्ष पदमा रहेर खड्काले कुशलता पुर्वक कार्यकाल सप्पन्न गर्नुभएको थियो ।

उहाँ २०७६ सालदेखि बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको संस्थापक महासचिव र नेफ्स्कूनमा एक कार्यकाल संचालक सदस्य समेत हुनु भएको थियो ।

स्वच्छ,इमान्दार र शालिन स्वभाव भएका खड्का सहकारी अभियानमा  सफल ब्यक्तिको रुपमा परिचित रहेका छन ।

खड्काले कोषाध्यक्ष पदमा मतदान गरि बिजयी गराउन सम्पुर्ण प्रतिनिधिहरुलाइ आग्रह समेत गर्नुभएको छ ।

Back to top button