वाइसीएल दोलखाको छैठौं अधिवेशन पौष १२ गते हुने

दोलखा । नेकपा माओवादी केन्द्र निकट वाइसीएल नेपाल दोलखाको छैठौं अधिवेशन पौष १२ गते हुने भएको छ । अधिवेशन सदरमुकाम चरिकोटको एवान पार्टी प्यालेसमा हुने भएको हो ।

अधिवेशन तयारिको काम अन्तिम चरण पुगेको वाइसीएल दोलखाका अध्यक्ष साङ्गे शेर्पाले बताए ।

बिहीवार बिहान करिव २ सय बाइकको र्यालीसहित कार्यक्रम स्थल पुगेर अधिवेशन उद्घाटन गरिने अध्यक्ष शेर्पाको भनाइ छ । अधिवेशनले नयाँ नेतृत्व सहित कार्यसमिति समेत चयन गरिने वाइसीएल दोलखाले जनाएको छ ।

 

Back to top button