मेलुङमा प्रश्नपत्र निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न

दोलखा । जिल्लाको मेलुङ गाउँपालिकामा प्रश्नपत्र निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ मेलुङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा त्रिभुवन माद्यामिक विद्यालयम मेलुङमा गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले प्रश्न पत्रले विद्यार्थीको भोलिको भविष्य र उसको सिकाइ लाइ निर्धारण गर्ने बताउनुभयो । प्रश्नपत्र सँग बालवालिकाको मात्र नभइ समाजको र राष्टको भविष्य जोडिएको  हुँदा पश्नपत्र निमाण गर्ने विषय जटिल रहेकोले प्रश्नपत्रलाइ स्तरीय र ग्रेड अनुसार बिशिष्टीकृत र ब्यवहारिक हुनुपर्ने अध्यक्ष तामाङको भनाइ छ । उहाँले कार्यशाला गोष्ठिले उक्त विषयलाइ सहयोग पुग्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले मेलुङमा युवा शिक्षकहरु धेरै भएकाले पुराना शिक्षकको अनुभव नयाँ शिक्षकको जोस र प्रविधिले  मेलुङको शिक्षालाइ प्रभावकारी बनाउन सकिने वताउनुभयो।शिक्षकहरु समुदायका सम्पती भएकोले इच्छा शक्ति लगाएर काम गर्न आग्रह गर्दै उपाध्यक्ष आचार्यले  शिक्षा क्षेत्रको बिकासका लागि गाउँपालिका सधै विद्यालयको साथमा रहेको बताउनुभयो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै एकीकृत समाजबादिका नेता शिव प्रसाद भण्डारीले देशको विकासको मोडल र राष्ट्रलाई कस्तो वनाउने भन्ने शिक्षा क्षेत्रले निर्धारण गर्ने बताउदै शिक्षाको अवस्था परिवर्तन नभए देशको अवस्था पनि परिवर्तन गर्न नसकिने उहाँको भनाइ छ ।  नेता भण्डारीले देशको युवा जनशक्ती अध्ययनको क्रममा विदेश पलाएन भइरहेकाले युवाहरूलाई  देशमै रोक्न नसके भोलिको  दिनमा समस्या आउने बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम वडा नम्बर  १ का वडा अध्यक्ष इश्वर कोइराला, त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका सहभागीले आगामी दिनमा स्तरीय तथा विद्यार्थीले सहजै बुझ्न सक्ने प्रश्न पत्र निमाण गर्न प्रश्नपत्रको जटिलतालाई हल गर्न सहज हुने र  परीक्षाको नतिजामा समेत परिवर्तन आउने गाउँपालिकाको अपेक्षा रहेको रोजगार तथा योजना शाखा प्रमुख रामकाजी काफ्लेले बताउनुभयो ।

कार्यक्रममा  परिक्षा समिति, गणित, विज्ञान, अंग्रेजी,नेपाली र सामाजिक विषयका विषयगत समितिका सदस्य तथा विद्यालयका विषयगत शिक्षकहरु  ५५ जनाको सहभागिता रहेको  काफ्लेले बताउनुभयो । राष्ट्रिय परीक्षा वोडका सदस्य तथा काठमाडौ महानगरपालिकाका स्रोत ब्यक्ति शुसिल खनाल, गणित विषयका विज्ञ त्रिभुवन माविका प्रधानाध्यापक सन्तोष श्रेष्ठ ,अंग्रेजीमा शारदा श्रेष्ठ ,विज्ञानमा सुन्दर खडका, सामाजिकमा शेर बहादुर थापा तथा नेपालीमा हरी केसीले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो।

Back to top button