वैतेश्वरका ग्रामीण सडक धमाधम ढलान हुँदै 

दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका भित्रका मुख्य ग्रामीण सडक धमाधम ढलान गरिएको छ । गाउँपालिकाको  वडा नम्बर ३ र ४ लाई जोड्ने मुख्य ग्रामीण सडक ज्यामिरे बगर सडक र वडा नम्बर-६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।बैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारको अनुदान सहयोगमा मैनापोखरी ज्यामिरे- बगर सडकको ढलानको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका सव इन्जिनियर बिस्वास घिमिरेले बताए । उक्त सडक निर्माण गर्न बैतेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारले चालु वर्ष  ५०/५० लाख बजेट विनियोजन गरेको थियो। सडकको ढलान कार्य गाउँपालिकाले ठेक्का मार्फत गरिरहेको छ्। यस सडक खण्डमा पहिलो चरणमा करिब साढे पाँचसय मिटर सडक ढलान हुने सव- इन्जिनियर घिमिरेले बताए । गाउँपालिका-६ को नाम्दु घिमिरेटार सडकमा बागमती प्रदेशको २५ लाख अनुदानमा दुईसय मिटर ढलान सम्पन्न भएको उनको भनाइ छ । त्यसैगरी पालिकाको ५० लाख र बागमती प्रदेशको ५० लाख अनुदानमा अस्पताल- पाँडुडाँडा सडक र वडा नम्बर- ६ र ७ लाई जोड्ने च्यानडाँडा- छाप सडकमा पनि ढलान गर्नको लागि तयारी थालिएको गाउँपालिकाले जनाएको छ।च्यानडाँडा- छापसडक ढलानको लागि पनि पालिका र प्रदेश सरकारको ५०/५० लाख बजेट विनियोजन गरिएको छ्।  नाम्दु- पाँडुडाँडा सडक ढलान गर्न संघीय सरकारको ७५ लाख अनुदान पालिकाले एक करोड २५ लाख बजेट विनियोजन गरेको छ्।पालिकाले पुराना ४ सडक गोपि-जोरमाने सडक,बुस्ती- पुतलिकाठ सडक,देउराली- क्षत्रपा सडक ढलान गर्न प्रति सडक दुई करोडको दरले ढलान गर्न ठेक्का लगाइसकेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए।सडकमा ढलान गर्न सुरु गरेसंगै पालिका अध्यक्ष लामा र उपाध्यक्ष कल्पना उप्रेतीले अनुगमनलाई तिब्रता दिएका छन्।पालिकाले यस वर्ष करिब ९ किलोमीटर सडक ढलान गर्ने योजना बनाएको अध्यक्ष लामाले बताए। पालिकालाई ५ वर्ष भित्र हिलोमुक्त बनाउने अभियान अन्तर्गत धमाधम स्थानीय सडक तथा ग्रामीण गोरेटो बाटो निर्माण गर्ने कार्यलाई तीव्रता दिएको वैतेश्वर गाउँपालिका योजना शाखा प्रमुख  वासुदेव दहालले जानकारी दिए। पालिकाले चालु वर्ष ९ किलोमीटर पक्की सडक र साढे पाँच किलोमीटर गोरेटो बाटो निर्माण गर्ने जनाएको छ।
Back to top button