वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आजबाट सुरु

दोलखा । जिल्लाको भिमेश्वर नगरपालिका – ५ मा  प्रथम वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको आयोजनामा प्रथम जिल्ला मावि स्तरिय खुल्ला पुरुष फुटवल प्रतियोगिता आजबाट सुरु भएको हो ।

भिनपा ५ धरमघरको खेल मैदानमा सुरु भएको प्रतियोगिताको दोलखा प्रदेश सभा (ख) का माननिय भरत बहादुर केसीले उदघाटन गर्नु भएको थियो ।

प्रतियोगिताको उदघाटन गर्नुहुँदै माननिय भरत बहादुर केसीले स्थानीय संघ तथा प्रदेशले अन्य क्षत्रमा जस्तै खेल क्षेत्रमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने गरेको बताउदै उहाँले अन्य क्षेत्र को विकास सगै खेल क्षेत्रको विकासलाई समेत प्राथमिकका साथ अगाडी बढाउनुपर्ने बताउनु भयो।

प्रतियोगितामा जिल्ला स्थित माविमा अध्ययनरत १९ वटा विद्यालयको खेलाडिहरु सहभागी भएको आयोजकले जनाएको छ । फुटवल प्रतियोगितामा विजयी हुने टिमले नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र तथा उप विजेत टिमले ३५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनल सम्म पुगेका दुई टिमलाई नगद दश दश हजार र उत्कृष्ट खेलाडि, सर्वधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई समेत दुई दुई हजार सहित प्रमाणपत्रको व्यवस्था गरिरएको छ ।

वडा अध्यक्ष वासु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रचना खड्का, भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उप प्रमुख कमला बस्नेत, नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठ, फुटबल संघका कौरव पाण्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वडा कार्यलयले खेल क्षत्रमा विनियोजन गरेको रकमबाट प्रथम वडा अध्यक्ष फुटवल कपको आयोजना गरिएका र १४ वटा विद्यालयको सहभागिता रहेको खेल फिफाको नियम अनुसार खेलाईने आयोजकले जनाएको छ ।

Back to top button