नेपाल पब्लिक क्याम्पस  सघं दोलखाको अध्यक्ष शान्त केसि

नेपाल पब्लिक क्याम्पस सघं दोलखाको अध्यक्षमा शान्त केसि चयन हुनुभएको छ ।शनिबार सदरमुकाम चरिकोट को गौरीशंकर बहुमुखी क्याम्पसमा सप्पन्न भएको संघको प्रथम अधिवेशनबाट केसि अध्यक्षमा चयन हुनुभएको हो ।

अध्यक्ष केसि सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुनुहुन्छ । अधिवेशनले केसिको  अध्यक्षतामा १३ सदस्यीय  कार्य समिति समेत चयन गरेको छ ।

संघको उपाध्यक्षमा प्रताप स्मृति कलेज सिँगटीका दिपक दाहाल, सचिवमा चरिकोट बहुमुखी क्याम्पसका डम्बर प्रशाद चौलागाईं , सहसचिवम त्रिपुरा क्याम्पस नाम्दुका नवराज घिमिरे, कोषाध्यक्षमा  हनुमन्ते क्याम्पस काब्रेका यज्ञराज खतिवडा चयन गरिएको छ ।

सदस्यहरुमा बालकृष्ण फुँयाल, भीमबहादुर थापा,  केदार बहादुर जिरेल, सुष्मा लम्साल र कमल कार्की चयन गरिएको पब्लिक क्याम्पस संघ दोलखाल जनाएको छ ।

Back to top button