महोत्सव अवधीभर गौरीशंकर क्याम्पसमा भर्ना भएमा ५० प्रतिशत छुट

दोलखा । जिल्ला गौरीशंकर बहुमुखी क्याम्पसले बृहत दोलखा महोत्सव अवधि भर क्याम्पस भर्न भएमा ५० प्रतिशत छुट दिने भएको । दोलखा सदरमुकाम चरिकोमा रहेको सो क्याम्पसले विद्यार्थीहरुलाइ छुट दिने भएको हो ।
क्याम्पसले दोलखा महोत्सवमा स्टल राखेको छ । महोत्सव मा राखिएको १ सय ५ नम्बर स्टलमा आएर भर्ना गर्न सकिने गौरीशंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्त केसिले बताउनुभयो ।
कक्षा ११ स्नातक तथा स्नातकोत्तर तहमा विद्यार्थी भर्ना चलिरहेको बताउनुहुदै केसिले विद्यार्थी भर्नामा सहयोग पुगोस भन्ने उदेश्यले भर्नामा छुट गरिएको केसिले बताउनुभयो ।
स्टलमा क्याम्पसको रिसर्च जर्नल लगायत विभिन्न प्रकाशन तथा पुस्तकहरु समेत राखिएको क्याम्पसले जनाएको छ ।

Back to top button