तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र जफेको मानेडाँडा

दोलखाको तामाकोसी गाउँपालिकाले स्थायी केन्द्र तोकेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको चौथो अधिवेशनले वडा नम्बर ३ जफेको मानेडाँडालाई स्थायी केन्द्र तोकेको हो ।

मङ्गलबार सम्पन्न गाउँसभामा भएको मतदानमा २९ मतसहित मानेडाँडालाई केन्द्र तोकिएको निर्वाचन समितिका सदस्य रामकुमार कार्किले बताउनुभयो । कुल गाउँ सभा सदस्यको ३८ मतमध्ये २९ मत मानेडाँडाको पक्षमा परेको कार्किले बताउनुभयो । ५ मत विपक्षमा तथा २ मत बदर र २ खाली मत खसेको गाउँपालिकाले जनाएको छ ।

यसअघि छौँडे र मालु डाडागाउँको पक्षमा समेत मतदान गरिएको थियो । सो ठाउँमा दुई तिहाइ मत नपुगेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद काफ्लेको प्रस्ताव र वडा सदस्यको समर्थनमा मानेडाँडामा केन्द्र तोकिएको गाउँपालिकाले जनाएको छ । देश सङ्घीयता संरचनामा गएपछि गाउँपालिकाको दोश्रो नेतृत्वले निर्वाचित भएको २० महिनापछि केन्द्र तोक्न सफल भएको हो । कानुनी प्रावधान अनुसार गाउँसभाको दुई तिहाई बहुमतले केन्द्र तोक्न सक्ने व्यवस्था छ ।राज्य पुनर्संरचना आयोगमा पनि पालिकाको केन्द्र मानेडाँडा सिफारिस गरेको थियो ।
गाउँपालिकाको केन्द्र तोकिय सगै तामाकोसीबासीमा प्रशासकिय भवन बन्ने आशा पलाएको छ ।
तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसिले लामो छलफल र सबै राजनीति दलहरु र सो दलबाट निर्वाचित जनप्रतिनिधिको सहयोगमा गाउँपालिका तोक्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो हामिले केन्द्रको स्थान तोकेका छौ ।अब छिटै नै जग्गा ब्यवस्थापन गरेर बजेट बिनियोजन गरि भवन निर्माणको प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
केन्द्र नतोकिदा मासिक लाखौ भाडा तिरेर अस्थायी रुपमा तामाकोसी गाउँपालिका -३ जफेको जामुनेबाट गाउँपालिकाले सेवा दिदै आएको थियो ।

Back to top button