पशुपति चौलागाईं स्मृति अस्पताल र स्वास्थ कार्यालय दोलखाको कार्यशैली प्रति मन्त्री जोशी असन्तुष्ट,

दोलखा । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तमराज जोशीले स्वास्थ्य मन्त्रालयले प्रदान गरेको सेवा नागरिकले थाहा पाउने गरि कार्यन्वयन गर्न  स्वास्थ्य कार्यालय र प्रदेश स्तरिय अस्पतालल प्रमुखलाई निर्देशन दिनुभएको छ ।
बुधबार दोलखा सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पताल र स्वास्थ्य कार्यालय दोलखाको अनुगमन गर्नु हुँदै  मन्त्री जोशीले सो निर्देशन दिनुभएको हो ।
स्वास्थ्य सेवा कुन स्तरमा पुगेको छ र कस्तो सेवा प्रदान भइरहेको छ भन्ने जानकारी स्थानीय स्तरमा नपुगेकोमा असन्तुष्ट ब्यक्त गर्नुहुदै उहाँले चुस्त दुरुस्त रुपमा सेवा प्रदान गर्न निर्देशन दिनुभएको थियो ।
स्वास्थ्य मन्त्रालयले गरेको महत्त्वपूर्ण कार्यक्रम मुख्यमन्त्री सँग जनता कार्यक्रम नागरिकले थाहा पाउन गरि कार्यन्वयन गर्न आग्रह गर्नुभएयो । तत्काल सो कार्यक्रम प्रभावकारी ढङ्गले अगाडि बढाउनु आग्रह गर्नुभयो ।
महिना पिच्छै स्थानीय तहसँग मुख्यमन्त्री जनता सग कार्यक्रमबाट सेवा पाएका नागरिकको तथ्यांक सङ्कलन गरि मन्त्रालय पठाउन स्वास्थ्य कार्यालय दोलखालाई  निर्देशन दिनुभयो ।
प्रचारप्रसार नहुदा आम नागरिकले सोचेजस्तो सेवा र जानकारी नपाएको गुनासो रहेकाले मन्त्रालयले गरेका कार्यक्रम बारे स्थानीय बेखबर हुनु दुखद कुरा रहेको उहाँले बताउनुभयो । मन्त्री जोसिले अस्पतालको न्यु बर्न बेबि सेन्टरको उद्घाटन समेत गर्नुभएको थियो । लामो समय देखि डायालिसिस सेवा संचालन नभएको स्थानीयको गुनासोलाई सम्बोधन गर्नुहुदै सो सेवा छिटै प्रदान गरिने बताउनुभयो ।
अस्पतालका संचालन समितिका अध्यक्ष भरत प्रधान लाई अस्पताल भवन निर्माण रोकिएको गुनासो आएकाले तत्काल निर्माण प्रक्रिया सुरु गराउन निर्देशन दिनुभयो।

अनुगमन क्रममा स्वास्थ्य क्षेत्रका कतिपय सेवाहरु हालसम्म पनि सुरु नभएको पाइएपछि सुरु नगर्नुका कारण लिखित रुपमा मन्त्रालय पठाइन स्वास्थ्य कार्यालय प्रमुख र अस्पताल प्रमुखलाई निर्देशन दिनुभयो ।
जनप्रतिनिधि र स्वास्थका कर्मचारी सँग सेवाग्राही खुसी नभएको बताउनुभयो । उहाँले प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा महिला प्रदेश सरकारले स्वयमसेबिकालाइ  नगद सहित सम्मान गरिएको जस्ता महत्त्वपूर्ण कामको प्रचारप्रसार गर्न नसक्नु कार्यालयको कमजोरी रहेको बताउनुभयो  ।
विद्यालय नर्स माध्यामिक विद्यालय सम्म पुर्याउने योजना रहेको बताउनुहुदै मन्त्री जोसिले विद्यार्थीलाई विद्यालयमा नै स्वास्थ्य सेवा दिने योजना रहेको उहाँले भनाइ छ ।
मन्त्री जोसिले दोलखाका निजि अस्पतालको अनुगमन गर्न स्वास्थ्य कार्यालय दोलखालाई निर्देशन दिनुभयो।

 

Back to top button