वैतेश्वर गाउँपालिकाको हिउँदे अधिवेशन ,संशोधित बजेट तथा कार्यक्रम चौधौं गाउँसभामा प्रस्तुत

दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाको चौधौं गाउँसभाको हिउँदे अधिवेशन सनिवार देखि सुरु भएको छ् । पालिका अध्यक्ष छबी लामाको अध्यक्षयतामा सनिवार उद्घाटन गरिएको चौधौं गाउँसभाले पुँजीगत तर्फका विभिन्न कार्यक्रम तथा बजेटलाई संशोधन गरेको छ।
गाउँसभामा उपाध्यक्ष कल्पना उप्रेतीले करिब ४ करोड २५ लाख बराबरको संशोधित बजेट तथा कार्यक्रमलाई सभामा पेस गर्नु भएको थियो।

सभाले पुँजीगत तर्फ विभिन्न शिर्षकहरु शिक्षा, स्वास्थ्य, कृषि, सडक,भवन,गोरेटो बाटो, रोजगार,धार्मिक तथा पर्यटकीय क्षेत्र,खानेपानी,सँचार लगायतका क्षेत्रमा संशोधित बजेट विनियोजन गरेको छ।

गाउँसभाले सभामा पेस गरिएको आर्थिक विधेकलाई समेत पारित गरेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो। संशोधित बजेट तथा कार्यक्रममा सबै वडालाई सम्मान हिसाबले कार्यक्रम वितरण गरिएको उपाध्यक्ष उप्रेतीले प्रस्तुत गरेको निति तथा कार्यक्रम र बजेट पुस्तिकामा उल्लेख गरिएको थियो।गाउँसभामा वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडापालिका सदस्य,कर्मचारी,स्थानीय लगायतको उपस्थिति रहेकोे वैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष वैतेश्वर गाउँपालिकाले करिब ५० करोडको हाराहारीमा बजेट ल्याएको थियो।

Back to top button