कालिञ्चोक गाउँपालिकामा विज्ञान शिक्षक समाज गठन

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा विज्ञान शिक्षक समाज गठन गरिएको छ । कालिन्चोक गाउँपालिका वडा नम्बर ४ स्थित हिलेपानी सँस्कृत माविका सहायक प्रधानाध्यापक डम्बर बहादुर थामीको नेतृत्वमा ११ सदस्यीय विज्ञान शिक्षक समाज गठन गरिएको हो ।

कालिन्चोक गाउँपालिका भित्र कार्यरत विज्ञान शिक्षकहरुको आज सम्पन्न प्रथम भेलाले समाज गठन गरेको हो । भेलाले उपाध्यक्ष, सचिब, सह-सचीव र कोषाध्यक्षमा क्रमशः कालिनाग मावी सिंगटीकी शिक्षिका नबिना जिरेल, सोही बिधालयका बद्री नारायण खत्री, रमेश कुमार शिवाकोटी र कालिनाग मावि सुनखानीकी शिक्षक अनुका बस्नेतलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा जिबराज थामी, रामकुमार दाहाल, सुन्दर चौलागाईं, रामकृष्ण पान्डे, मिना थामी र ममता थामी चयन भएका छन् । भेलाले प्रदेश प्रतिनिधिमा देबि बहादुर कार्की र जिल्ला प्रतिनिधिहरुमा शुशिला पान्डे, पदममाया थामी, लिलावती थामी, रिदम कार्की र मीन बहादुर राउतलाई चयन गरेको छ ।

भेलामा मन्तव्य राख्दै विज्ञान शिक्षक समाज दोलखाका अध्यक्ष सुन्दर खड्काले विज्ञान शिक्षण सिकाईको गुणस्तर अभिबृद्धी, शिक्षकहरुको पेशागत हकहित र क्षमता विकासमा संस्था क्रियाशिल रहने बताए ।

Back to top button