गाउँपालिकाको ९० प्रतिशत अनुदानमा किसानलाई ४ हजार किबिको बिरुवा

दोलखाको  वैतेश्वर गाउँपालिकाले ९० प्रतिशत अनुदानमा ४ हजार किबिको बिरुवा बितरण गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षको किबि खेती बिस्तार तथा प्रबर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई किबि फलको बिरुवा वितरण गरिएको हो।
गाउँपालिकाले किबि खेतीयोग्य क्षेत्रकाे पहिचान गरि वडा नम्बर-६ बाहेकका सात वटा वडामा बुधबार विरुवा वितरण गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले जानकारी दिनुभयो।
उपाध्यक्ष उप्रेतीले बताउनुभए अनुसार पालिकाले वडा नम्बर-१ का ३६ जना किसानलाई १६ सय विरुवा वितरण गरेको छ।त्यस्तै वडा नम्बर-२ का ६ जना किसानलाई दुई सय पाँचवटा,वडा नम्बर-३ का २४ जना किसानलाई तीनसय ७० वटा विरुवा वितरण गरेको छ्।त्यसैगरी वडा नम्बर-४ का २२ जना किसानलाई पाँचसय १३ वटा,वडानम्बर-५ का ४ जना किसानलाई ९३ वटा विरुवा वितरण गरेको हो।त्यस्तै वडा नम्बर-७ का १४ जना किसानको लागि दुई सय दुईवटा र वडा नम्बर-८ का ४३ जना किसानलाई नौसय ६५ वटा विरुवा वितरण गरेको गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले किसानलाई ९० प्रतिशत अनुदानमा हेवाड,मन्ट्टी,एलिसन जातको किबिको विरुवा वडागत रूपमा वितरण गरेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिनुभयो।
पालिकाले निवेदन र मागको आधारमा किसानलाई विरुवा वितरण गरेको हो।सात वडामा उपाध्यक्ष उप्रेतीको उपस्थितिमा वडा अध्यक्षलाई विरुवा हस्तान्तरण गरिएको प्राविधिक पाण्डेले बताउनुभयो।
पालिकाले यस वर्ष पालिकामै उत्पादन गरिएको विरुवालाई प्राथमिकता दिएर चार हजार ४४ वटा विरुवा वितरण गरेको हो। एक जना किसानलाई न्युनतम ५ देखी अधिकतम ८० वटा सम्म विरुवा अनुदानमा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । सात वडाका  एक सय पचास जना किसानलाई निवेदन र विरुवा मागका आधारमा विरुवा वितरण गरिएको थियो
Back to top button