एमाले दोलखाको दर्शाैँ जिल्ला अधिवेशन : यस्तो छ प्रतिनिधी छनोट निर्वाचन कार्यतालिका

दोलखा । नेपाल कम्युनिष्ट पाटी (एमाले) दोलखाले दशौँ जिल्ला अधिवेशनको लागि तयारी तिव्र पारी रहेको छ ।  दोलखाको माघ १९ देखि २१ गते सम्म चरिकोटमा आयोजना गरिएको दशौँ जिल्ला अधिवेशनको  तयारी तिव्र पारेको हो ।

नेकपा एमाले दोलखाका संयोजक नरबहादुर श्रेष्ठको संयोजकत्वमा ५०१ जना अधिवेशन मुल व्यवस्थापन कमिटीले पार्टीको दशौँ जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न गर्नका विभिन्न समिती मार्फत तयारी तिव्र पारी रहेको एमाले दोलखाका सहसंयोजक राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । जिल्ला अधिवेशनको मिति नजिकिए संगै नयाँ नेतृत्व चयनको लागि नेता तथा पार्टी कार्यकर्ताहरुको चर्चा तथा बहस समेत सुरु भएको छ ।

नेकपा एमाले दोलखाले अधिवेशनको लागि प्रतिनिधी छनोट गर्न प्रतिनिधी छनोट निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । अधिवेशन प्रतिनिधी छनोटका लागि पार्टीले प्रत्येक वडा र पालिकाहरुमा निर्वाचन अधिकृत तोकि पठाई सकेको छ भने प्रतिनिधी छनोटका लागि माघ ९ गते देखि माघ १३ गते सम्म समय तोकेको छ । माघ ९ गते विहान १० बजे मतदाताहरुको नामावली प्रकाशन, ९ गते दिउँसो १२ बजे मतादाता नामावली उपर दावी विरोध र दिउँसो २ बजे अन्तिम नामावली सार्वजनीक, माघ ९ गते नै दिउँसो २ बजे पछि १२ गते २ बजे सम्म मनोनय उम्मेदवरी दर्ता फारम वितरण गरिने कार्य तालिका रहेको छ । त्यस्तै १२ गते २ बजे देखि ४ बजे सम्म प्रतिनिधीको उम्मेदवारी दर्ता, १२ गते दिउँसो ५ बजे उम्मेदवरीहरुको नामावली प्रकाशन, १३ गते विहान ९ बजे सम्म उम्मेदवार उपर दावी विरोध, विहान १० बजे सम्म दावी विरोध उपर छानविन, ११ बजे सम्म उम्मेदवारी फिर्ता दिने समय, ११ बजे उम्मेदवारीहरुको अन्तिम नामालवी प्रकाशन र ११ बजे देखि ४ बजे सम्म मतदान गर्ने र सोहि दिन नतिजा घोषणा सहित प्रतिनिधी छनोट गरिने कार्यतालिका नेकपा एमाले दोलखाले सार्वजनिक गरेको छ । जिल्लाको प्रत्येक वडाहरुमा र दलितको हकमा प्रत्येक पालिकामा कार्यतालिका अनुसार प्रतिनिधी छनोटको प्रकृया ९ गते देखिनै अघि बढि सकेको एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठले बताउनु भयो ।

एमाले दोलखाकाले दशौँ जिल्ला अधिवेशन आयोजक कमिटीमा रहेका करिव १ सय ८० जना आयोजक कमिटीहरु समेत सवै भुगोलबाट नै प्रतिनिधी छनोट भई आउनुपर्ने व्यवस्था गरेको छ । आयोजक कमिटीमा रहेता पनि सवै प्रतिनिधीहरु भुगोलबाट प्रतिनिधी आउनुपर्ने व्यवस्था गरेको छ भने १५ जना संगठित सदस्य बरावर १ जना प्रतिनिधी आउने व्यवस्था गरको छ । जसमा महिला तथा युवा प्रतिनित्व अनिवार्य गरेको छ । वडावाटै प्रतिनिधी आउनुपर्ने व्यवस्था रहेको र प्रत्येक वडाहरुमा प्रतिनिधी छनोटको कार्य सुरु भई सकेको हुँदा निर्वाचन कार्य तालिका अनुसार आआफनो वडामा प्रतिनिधी छनोटमा सहभागी हुन सम्पुर्ण

Back to top button