एमाले दोलखाको उपाध्यक्षमा लोकप्रिय युवा नेता थोकरको उम्मेदवारी

दोलखा । नेकपा एमाले दोलखाको उपाध्यक्षमा  लोकप्रिय युवा नेता हिरा कुमार थोकरले उम्मेदवारी घोषणा गरेका छन् । दोलखाली युवाहरुको नेतृत्व गर्दै थोकरले उम्मेदवारी घोषणा गरेका हुन।
गएको स्थानीय चुनावमा मेलुङ गाउँपालिका अध्यक्षमा भारि मतले  गठबन्धनका उम्मेदवार पराजित गर्दै बिजयी भएका थोकर वैचारिक एवं सांगठनिक क्षमता भएका एमाले नेताको रूपमा परिचीत  छन  ।

जिल्लाका स्थानिय तहका प्रमुख मध्ये आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थोकर सालिन स्वभाव र इमान्दार छवि भएका नेता हुन ।

गएको एमाले दोलखा अधिवेशनमा अत्याधिक मत ल्याएर जिल्ला कमिटी सचीवमा निर्वाचित भएका थोकरको उपाध्यक्षमा उम्मेदवारी घोषणा सगै सो पदमा बलियो उम्मेदवारी रहेको चर्चा जिल्ला स्तरमा चल्न थालेको छ ।

उम्मेद्वार घोषणा गर्दै थोकरले शिथिल हुँदै गएको संगठनलाइ बलियो र  मजबुत बनाउन यो अधिवेशनले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

पार्टीलाई राजनैतिक, बैचारिक र जनआधारित बनाउदै समृद्ध र बिकसित दोलखा निर्माण गर्न एउटा बिबेकशिल, स्वाभिमानि एवम जनता र कार्यकर्ता प्रती जवाफदेहीता नेतृत्व चयन गर्न कसैको दवाब र प्रभावमा नपरी सम्पुर्ण प्रतिनिधिहरुले आफ्नो स्वबिबेक प्रयोग गर्नुहुन्छ भन्ने कुरामा आफू बिस्वस्त रहेको थोकरले बताए ।
पार्टीको टिके प्रथालाई निर्मुल पार्दै क्षमतावान, सबल कार्यकर्ता तयार गर्न र समान अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक बिधिमा पार्टीलाई डोर्याउन आफुले उम्मेदवार घोषणा गरेको थोकरको भनाइ छ ।

पार्टीको बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफुलाइ अमुल्य मत दिएर बिजयी गराउनुहुन सम्पुर्ण प्रतिनिधिहरुलाइ थोकरले आग्रह गरेका छन। सोमबार देखि सुरु हुने एमाले दोलखाको १० औं जिल्ला अधिवेशनमा सुरु भएको छ।

Back to top button