एमाले दोलखाको उपसचिवमा हरि वलीको उम्मेदवारी

दोलखा । नेकपा एमालेका युवा नेता हरि वलिले एमाले दोलखाको अधिबेशनमा जिल्ला कमिटि उपसचिव पदमा उम्मेदवारी दिएका छन।

लोकप्रिय युवा नेताका रुपमा परिचीत  वलिले उपसचिव पदमा उम्मेदवारी दिएका हुन।
दोलखा एमालेको राजनीतिमा सक्रिय रहेका उपसचिव  पदका  बलियो उम्मेदवारको रुपमा देखिएका छन।
विभिन्न सामाजिक कार्यहरु गर्दै आएका वलि  दोलखाका सफल ब्यवसायीका रुपमा चिनिन्छन ।

अधिबेशनमा छनोट भएर आएका प्रतिनिधिहरुलाइ आफ्नो अमुल्य मत दिएर अत्याधिक मतका साथ उपसचिव  पदमा बिजयी गराउन समेत वलिले आग्रह गरे

ओली विगत २ कार्यकाल यता नेकपा एमाले दोलखाको जिल्ला कमिटि सदस्य छन् । पार्टी निर्माण र संगठन सुदृढीकरण अभियानमा निरन्तर खटिदै आएका उनी दोलखा एमाले भित्र प्रभावशाली युवा नेता मध्येमा गनिन्छन्। पार्टी कार्यकर्ताहरुलाई आईपर्ने समस्या, सुख दुखमा अहोरात्र खट्न सक्ने स्वभावका ओलीले नेकपा एमाले दोलखाको सदरमुकाम चरिका्ेटमा चलिरहेको जिल्ला अधिवेशनमा उपसचिव पदमा उम्मेदवारी दिएका हुन । नेता संग भन्दा पनि कार्यकर्ता माझ तुरुन्तै र असाध्यै बढी घुलमिल हुने सक्ने स्वभावका ओलीलाई नेकपा एमाले दोलखाको पदाधिकारी बन्ने सम्भावित र असाध्यै प्रतिष्पर्धी पात्रका रुपमा हेरिएको छ ।

Back to top button