एमाले दोलखाको अधिवेशनमा धिरज सुबेदिको उपसचिवमा उम्मेदवारी

दोलखा नेकपा एमालेका युवा नेता धिरज सुबेदिले एमाले दोलखाको अधिबेशनमा जिल्ला कमिटि उपसचिव पदमा उम्मेदवारी दिएका छन।

युवाहरु बिच लोकप्रिय रहेका सुवेदी शालिन स्वभावका एमाले नेता हुन । युवा संघको राजनीति बाट उदाएका सुवेदी युवा परिचालन गर्ने युवा नेताका रुपमा परिचित छन।

राजनैतिक इमान्दारिता , निरन्तरता र क्रियाशिलता नै आफ्नो भोट माग्ने  आधार भएको सुबेदिले बताए।

जिल्ला हुँदै युवा संघको केन्द्रिय राजनीतिमा समेत सक्रिय रहेका उनी युवाहरु माझ लोकप्रिय रहेका छन ।सुबेदिले अधिबेशनमा छनोट भएर आएका प्रतिनिधिहरुलाइ आफ्नो अमुल्य मत दिएर अत्याधिक मतका साथ उपसचिव  पदमा बिजयी गराउन समेत आग्रह गरे

Back to top button