एमाले दोलखाको जिल्ला कमिटी सदस्यमा खड्काको उम्मेदवारी

दोलखा । एमाले दोलखाको जिल्ला कमिटी सदस्यमा लोकप्रिय नेता भुमिराज खड्काले उम्मेदवारी दिएका छन।

जिल्लामा लोकप्रिय नेताका रुपमा परिचीत खड्काले जिल्ला अधिबेशनमा सदस्य( जिरि नगरपालिका भुगोल तर्फ ) पदमा उम्मेदवारी दिएका हुन।
विद्यार्थी राजनीति बाट राजनीतिक यात्रा सुरु गरेका खड्काले विभिन्न कमिटीमा बसेर काम गरेका थिए।
विभिन्न संघसंगठन हुँदै पार्टीको सक्रिय राजनीतिमा लागेका खड्काले सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन ।
सालिन र भद्र स्वभावका खड्का जिल्लामा क्षमतावान र प्रभावशाली नेताको रुपमा परिचीत रहेका छन ।
सहकारी सगै बिभिन्न क्षेत्रमा सक्रिय रहेका खड्का  जिल्ला कमिटी सदस्यका बलियो उम्मेदवारको रुपमा देखिएका छ्न।

बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफुलाइ अमुल्य मत दिएर जिल्ला कमिटी सदस्य पदमा बिजयी गराउनुहुन सम्पुर्ण प्रतिनिधिहरुलाइ खड्काले आग्रह समेत गरेका छन।

Back to top button