एमाले दोलखाको अध्यक्षमा लोकप्रिय नेता इश्वरचन्द्र पोखरेलको उम्मेदवारी

दोलखा । नेकपा एमाले दोलखाको अधिवेशनमा अध्यक्ष  पदका लागि लोकप्रिय नेता ईश्वरचन्द्र पोखरेलले उम्मेदवारी दिएका छन् ।

एमले दोलखाको अग्रज नेताका रुपमा परिचित पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका हुन ।  एमाले दोलखाको लामो समय अध्यक्ष भएर दोलखामा एमालेलाइ पहिलो पार्टी बनाउन सफल भएका पोखरेल दोलखा एमालेका स्वच्छ छवि भएका नेता हुन ।

पोखरेल एमाले दोलखाका शीर्षस्थ नेतामा पर्छन् । उनी २०४९ मा साबिक जफे गाविसको अध्यक्ष निर्वाचित भई कांग्रेसको एकल जिविस रहेका बेला सशक्त प्रतिपक्षी नेताको रूपमा जिल्लामा स्थापित भएका थिए ।पोखरेलले नेता ब्यक्ति र नेतृत्व सामुहिक हुने बताएका छन।

पोखरेलले राजनीति लेनदेन गरि मिलाउने  कारोबार नभएको बताउदै आफुसग लिन र दिन केही अभएको तर सामुहिक प्रयासबाट राजनीति जित्ने तहमा पुगियो भने हाम्रो अगाडी अनगिन्ती अवसरहरु आउने बताए ।

२०५४ मा जिल्ला  विकास समिति सदस्य भएका पोखरेल २०७४ मा तामाकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । पोखरेल निरन्तर जिल्लामै बसेर काम गर्ने नेतामा पर्छन् ।

गाउँपालिका अध्यक्ष हुँदा उत्कृष्ट कार्य गरेका अध्यक्ष पोखरेल एमाले बाग्मती प्रदेशकै प्रभावशाली एवम क्षमतावान नेता हुन ।सालिन र भद्र स्वभावका पोखरेल जिल्लामा लोकप्रिय  नेताको रुपमा परिचीत रहेका छन ।

पार्टीको बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफुलाइ अमुल्य मत दिएर बिजयी गराउनुहुन सम्पुर्ण प्रतिनिधिहरुलाइ पोखरेलले आग्रह गरेका छन। एमाले दोलखाको १० औं जिल्ला अधिवेशन सोमबार बाट सुरु भएको छ।

Back to top button