एमाले दोलखाको जिल्ला कमिटी सदस्यमा लोकप्रिय युवा नेता बस्नेतको उम्मेदवारी

दोलखा । एमाले दोलखाको जिल्ला कमिटी सदस्यमा लोकप्रिय युवा नेता कुमार बस्नेतले उम्मेदवारी दिएका छन।जिल्लामा लोकप्रिय युवा नेताका रुपमा परिचीत बस्नेतले  जिल्ला अधिबेशनमा सदस्य( कालिन्चोक गाउँपालिका भुगोल तर्फ ) पदमा उम्मेदवारी दिएका हुन।

विद्यार्थी राजनीति बाट राजनीतिक यात्रा सुरु गरेका बस्नेतले एमाले दोलखाको विभिन्न कमिटीमा बसेर काम गरेका थिए।
विभिन्न संघसंगठन हुँदै पार्टीको सक्रिय राजनीतिमा लागेका बस्नेत दोलखाका  सफल निर्माण ब्यवसायी हुन ।
सालिन र भद्र स्वभावका बस्नेत जिल्लामा क्षमतावान र प्रभावशाली एमाले नेताको रुपमा चिनिन्छन।

बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफुलाइ अमुल्य मत दिएर जिल्ला कमिटी सदस्य पदमा बिजयी गराउनुहुन सम्पुर्ण प्रतिनिधिहरुलाइ बस्नेतले आग्रह समेत गरेका छन।

Back to top button