लोकप्रिय युवा नेता शक्ति पाठकको जिल्ला कमिटी सदस्यमा उम्मेदवारी

दोलखा । नेकपा एमालेका लोकप्रिय युवा युवा नेता शक्ति पाठकले एमाले दोलखाको अधिबेशनमा खुल्ला जिल्ला कमिटि सदस्य पदमा उम्मेदवारी दिएका छन।

जिल्लामा प्रभावशाली एवम क्षमतावान  युवा नेताका रुपमा परिचीत  पाठकले सदस्यमा उम्मेदवारी दिएका हुन।

दोलखा एमालेको विद्यार्थी राजनीतिबाट उदाएका पाठक विद्यार्थी र युवाबिच लोकप्रिय नेता हुन ।इमान्दार र शालिन स्वभाव भएका पाठक  विद्यार्थी राजनीतिमा छुट्टै पहिचान बनाउन सफल भएका नेता हुन ।

निष्ठावान र स्वच्छ छबिका नेता पाठक सदस्य पदका  बलियो उम्मेदवारको रुपमा देखिएका छन।
विभिन्न सामाजिक कार्यहरु गर्दै आएका पाठक जिल्ला सजिलै देखिने र भेटिने एमाले नेता हुन। बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफ्नो उम्मेदवारी रहेको पाठकले बताए ।

अधिबेशनमा छनोट भएर आएका प्रतिनिधिहरुलाइ आफ्नो अमुल्य मत दिएर अत्याधिक मतका साथ खुल्ला जिल्ला कमिटी सदस्य पदमा बिजयी गराउन समेत पाठकले आग्रह गरे

Back to top button