फागुन २१ गते देखि दोलखामा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुँदै

दोलखा । आगामी फागुन २१ गतेदेखि सहिद रित बहादुर खड्का स्मृतिमा सर्वाधिक पुरस्कार  राशीको  भलिबल प्रतियोगिता हुने भएको छ । युवा सञ्जाल दोलखाको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा पहिलो पटक रित बहादुर खड्का स्मृति भलिवल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता यही फागुन २१ देखि २५ गतेसम्म चरिकोट टुडिखेलमा आयोजना हुने युवा सञ्जाल दोलखाका अध्यक्ष पुष्कर कुमार अधिकारीले बताउनु भयो ।

माओवादी नेता रित बहादुर खड्काको स्मृतिमा हुन लागेको  प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ५१ हजार, द्धितीय पुरस्कार १ लाख ५१ हजार, तृतीय पुरस्कार ५१ हजार र सान्त्वना पुरस्कार २१ हजारसहित ट्रफी र मेडल रहेको सञ्जालका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

आयोजकले भलिबल टिम दर्ता शुल्क १० हजार तोकिएको छ । प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा १३ वटै जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

Back to top button