झाक्रे -२ मिनी जलविद्युत आयोजनाको सार्बजनिक सुनुवाइ सम्पन्न

दोलखा । झाक्रे -२ मिनि जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

दोलखाको तामाकोसी गाउँपालिका ५ सहरेमा मुख्य कार्यालय रहेको खिम्ती ग्रामीण बिद्युत सहकारी अन्तर्गत सो आयोजनाको सार्बजनिक सुनुवाइ सम्पन्न भएको हो ।

तामाकोसी गाउँपलिका र जिरी नगरपालिकाको सिमानामा पर्ने झांक्रे खोलामा विद्युत सहकारीले  निर्माण गर्न लागेको  आयोजनाको बिहीवार  सार्बजनिक सुनुवाई सम्पन्न गरिएको खिम्ती ग्रामीण विद्युत सहकारीले जनाएको छ ।

आयोजना निर्माण हुँदा आयोजना स्थलमा हुने प्रभाब न्युनिकरणका लागि संस्थाले  पहल गर्ने निर्णय सहित सार्वजनिक सुनुवाइ सम्पन्न भएको सहकारिले जनाएको छ।

खिम्ती ग्रामीण विद्युत सहकारीका  कोषाध्यक्ष धिरज सुबेदीको सभापतित्वमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीको प्रमुख आतिथ्यता तथा स‍ोही गाउँपालिकाका उपाध्यक्ष सृजना सुबेदीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमम सोही तामाकोसी गाउँपालिका – ७ का वडा  अध्यक्ष खुश बहादुर सुनुवार, वडाका जनप्रतिनिधि, सामुदायिक बनका प्रतिनिधि, स्थानिय राजनितीक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, आयोजना बाट प्रभावित हुने स्थानिय बासिहरुको उपस्थितिमा रहेको थियो।

Back to top button