थाइल्यान्डको ‘सेन्ट निकोलस स्कूल’ र चरिकोटको ‘एपेक्स स्कूल’बीच शैक्षिक कार्यक्रमहरुमा सहकार्य गर्ने सम्झौता

दोलखा । थाइल्यान्डको ‘सेन्ट निकोलस स्कूल’ र दोलखा चरिकोट स्थित ‘एपेक्स स्कूल’बीच विभिन्न शैक्षिक कार्यक्रमहरुमा सहकार्य गर्ने सम्झौता गरिएको छ । शुक्रबार थाइल्याण्डको पित्सानुलुक स्थित ‘सेन्ट निकोलस स्कूल’को दिक्षान्त समारोहमा विशेष अतिथीका रुपमा सहभागी हुन पुगेका एपेक्स स्कूलका प्रिन्सिपल नसिव कायस्थले उक्त विद्यालयसँग शैक्षिक गतिविधिमा सहकार्य गर्ने सहमति गरेका हुन ।

प्रिन्सिपल कायस्थले सेन्ट निकोलस स्कूलको किन्ड गार्डेन र जूनियर हाई स्कुलको औपचारिक रूपमा भ्रमण गरेर नेपालमा लागू गर्न सक्ने धेरै कुरा रहेको बताए।  कार्यक्रममा  सेन्ट निकोलस स्कूलले आगामी जुनमा एपेक्स स्कूलका विद्यार्थीलाई समेत आमन्त्रण गरेको उनले बताए ।

इस्ट एशियाको औपचारिक भ्रमणमा रहेका कायस्थले आइतबार कम्बोडियाको राजधानी पेनम् पेनमा अवस्थित ‘वेस्ट लाइन एजुकेसन ग्रुप’द्वारा संचालित अन्तर्राष्ट्रिय विद्यालयको समेत अवलोकन भ्रमण गर्दैछन्।

नयाँ शैक्षिक प्रणालीलाई अबलम्बन गर्दै एपेक्स स्कूलले हालसम्म ९ वटा देशसँग विभिन्न सम्झौता भइसकेको भाइस प्रिन्सिपल मोहन श्रेष्ठले जानकारी दिए । उनले बदलिँदो शिक्षा जगतसँग हातेमालो गरी एपेक्स स्कूललाई नेपाली माटो सुहाउँदो उत्कृष्ट विद्यालयका रुपमा स्थापित गराउने बताए ।

Back to top button