कक्षा १२ का विद्यार्थीहरुका लागि निशुल्क परिक्षा तयारी कक्षा

दोलखा । गिरिजा प्रसाद कोईराला फाउण्डेशन दोलखाको आयोजना कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सुरु गरिएको छ।

पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको १४ औँ स्मृति दिवस र आदर्श पुरुष स्व. भीम बहादुर तामाङको सम्झनामा  फाउण्डेशले बुधबारबाट सदरमुकाम चरिकोटम निःशुल्क तयारी कोचिङ कक्षा सुरु गरेको हो।

कोचिङ कक्षाको उद्घाटन गर्नुहुदै नेपालि काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले विद्यार्थीहरुको हक अधिकार र संरक्षणमा नेपाल विद्यार्थी संघ दाेलखाका नेताहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार र जिल्लाका दुर्गम भेगका विद्यार्थीलाई एकैठाउँ समेटेर निःशुल्क कोचिङ सञ्चालन गरिएको सो फाउण्डेशनका अध्यक्ष राकेश श्रेष्ठको बताउनुभयो ।

चरिकोट स्थित कालिन्चोक माध्यमिक विद्यालयमा सञ्चालन भएको तयारी कोचिङ कक्षामा विद्यार्थीहरुलाई कोचिङ कक्षामा अनिवार्य अंग्रेजी, अकाउन्ट, ऐच्छिक गणित,विज्ञान विषय पढाई हुने  अध्यक्ष  श्रेष्ठले बताउनुभयो  ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई १ महिने निशुल्क काेचिङ कक्षा आगामी दिनमा पनि निरन्तर अघि बढाउने योजना रहेको उहाँको भनाइ छ ।
फाउण्डेशनका अध्यक्ष श्रेष्ठको सभापतित्वमामा भएको कार्यक्रममा भिमेश्वर नगरपालिका प्रमुख इश्वर मानन्धर, तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, नेपाली कांग्रेस दाेलखाका पार्टी सचिव दावा साङ्गे शेर्पा, नेपाल शिक्षक सङ्घका  केन्द्रिय उपमहासचिव गिता शिवाकोटी,, नेपाल पत्रकार महासंघका केन्द्रिय रमेश खतिवडा,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंङकर चौलागाईं, तरूणदलका केन्द्रीय सदस्य भिम खड्का लगायतले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको  थियोे

Back to top button