काम लिएर अलपत्र छोड्ने निर्माण ब्यवसायिको पक्षमा छैनौं : अध्यक्ष सिंह

चरीकोट, चैत ७ गते । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले काम लिएर अलपत्र छोड्ने निर्माण ब्यवसायिको पक्षमा महासङ्घ नरहेको बताउनुभएको छ ।
निर्माण व्यवसायी सङ्घ दोलखाको १६ औँ साधारणसभाको बुधबार दोलखा सदरमुकाम चरीकोटमा उद्घाटन गर्नुहुँदै उहाँले कम मुल्यमा ठेक्का हाल्ने अनि बिभिन्न समस्या देखाउदै लामो समय आयोजना अलपत्र पार्ने ब्यवसायीको पक्षमा महासङ्घ नरहेको बताउनुभयो ।
सरकारले अरबौको बजेट बिना योजना छ्नोट गर्दा समस्या आएको बताउदै उहाँले बजेट सुनिश्चितता नगरी योजना छनोट गर्न नहुने बताउनुभयो ।
महासङ्घले निर्माण ब्यवसायीको हितमा काम गर्दै आएको बताउदै उहाँले महासङ्घको शिर निहुरिने गरि कुनै पनि काम नगर्ने बताउनुभयो । म्याद थप गर्नको लागि समय खर्चिने काम नगर्न ब्यवसायीलाई आग्रह गर्दै ब्यवसायिले समयमा नै काम सम्पन्न गर्नुपर्ने बताउनुभयो  ।
बिकास निर्माण भएका समस्याका कारण दोलखालि जनताको आक्रोश रहेको बताउदै उहाँले दोलखाका केही बिकास निर्माणका कामहरु ब्यवसायिको कमजोरि कारण समयमा सम्पन्न हुन नसकेको बताउनुभयो ।
हामिले निर्माण ब्यवसायीको समस्याको बिषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराउदै आएको बताउनुभयो ।सार्बजनिक खरिद ऐनको बिषयमा सरकारमा बसेका मान्छे अनबीज्ञ हुँदा ब्यवसायीमा थप समस्या आएको उहाँको भनाइ छ ।

कोभिड –१९ को प्रभावले पनि ब्यवसायिको काम थप प्रभावित भएकाले सरकारले कतिपय निर्णय गर्दा निर्माण ब्यवसायी महासङ्घ सग छलफल समेत नभएको उहाँको भनाइ छ ।
सरकारले बहुवर्षिय योजनामा बजेट सुनिश्चितता नगरी योजना निर्माण गर्ने र बजेट भुक्तानी गर्ने बेला बजेट अभाव हुने गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष सिंहले केही निर्माण व्यवसायीका कारण सबै निर्माण व्यवसायीलाई निर्माण व्यवसायी भनेको गलत प्रवृत्ति भएको र गलत काम गर्नेहरु समुदाय हुन भन्ने आक्षेप लागेको बताउँनुभयो । स्रोत सुनिश्चित नभएको योजनाका कारण अहिले निर्माण व्यवसायीलाई थप समस्या भएको बताउनुभयो।
सहि ढंगले जिल्लाको नेतृत्व गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने उहाँको भनाइ छ ।साधारण सभाले दोलखा जिल्ला निर्माण ब्यवसायी संघले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

Back to top button